तुलसीपुर, १६ कात्तिक । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा नागरिक सहायत कक्ष तथा सोधपुछ कक्षको उद्घाटन गरिएको छ । प्रादेशिक अस्पतालमा आउने सेवाग्राहीको सहजताका लागि सहायता केन्द्र नेपालले निर्माण गरेको उक्त सहायता कक्ष ९६ हजार ३ सय रुपैयाँको लागतमा निर्माण सम्पन्न गरी बिहिबार एक कार्यक्रमका बिच समुुद्घाटन गरिएको हो । सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज वि क सेन्चुरिको अध्यक्षता तथा लुम्विनि प्रदेशका योजना आयोगका उपाध्यक्ष

डा. नहकुल केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ति प्रादेशिक अस्पतालका विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानले अस्पतालमा विरामीहरुलाइ सहायता पु¥याउन सहायता कक्षको व्यवस्था गरेर सहयोग गरेकोमा धन्यबाद व्यक्त गरेका थिए । केन्द्रका कोषाध्यक्ष दुविसरा वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव मुना वि कले गरेकी थिईन। सहायता केन्द्र नेपालले समाजमा महिला हिंसा, साइबर अपराध, प्रजनन् स्वास्थ्य, पोषण सम्बन्धि काम गर्ने उदेश्य रहेको केन्द्रका अध्यक्ष सेन्चुरीले बताएका थिए।
