नेपालगञ्ज निःशुल्क एम्बुलेन्स सेवा

Byदोर्ण के.सी.

१२ कार्तिक २०८०, आईतवार १३:२३ १२ कार्तिक २०८०, आईतवार १३:२३ १२ कार्तिक २०८०, आईतवार १३:२३

बाँके,१२ कात्तिक । नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीकोहरूलाई सहज रूपले सेवासुविधा पाउन भन्ने उदेश्यका साथ निस्शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नागरिकको स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिएर स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको हो । उपमहानगरपालिकाले गएको साउन १ गतेदेखि सञ्चालन गरेको चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी भएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले बताएकाछन् । उपमहानगरपालिका भित्रका गरिव, असहाय, प्रसुती सेवा लिने महिला, अपाङ्गता भएका, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरबाट अस्पतालसम्म पुर्याउन निःशुल्क सञ्चालन गरिएको एम्बुलेन्स सेवा मातृशिशु मृत्युुदर घटाउन प्रभावकारी भएको उनको भनाइ रहेको छ । उपमहानगरपालिका मेयर प्रशान्त विष्टले बिरामीको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds