इजरायलमा मृत्यु भएका थप दुई नेपालीको शवको पहिचान खुल्यो

Byदोर्ण के.सी.

१४ कार्तिक २०८०, मंगलवार १३:३९ १४ कार्तिक २०८०, मंगलवार १३:३९ १४ कार्तिक २०८०, मंगलवार १३:३९

थर्कोट समाचारदाता
काठमाण्डौ १४ कार्तिक ।
दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी मृत्यु भएका मध्ये थप दुई नेपालीको शवको पहिचान खुलेकोे छ ।
दक्षिणी इजरायलमा गत अक्टोबर ७ मा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरु मध्ये मधुवन १ सुनसरीका राजेशकुमार स्वणर्कार र सपही ६ धनुषाका अनन्द साहको शव पहिचान हुन बाँकी थियो । दुबैको शवको पहिचान खुलेको तेल अबिब स्थित नेपाली दूताबासले जनाएको छ । सोमबार साँझ दूताबासले जारी गरेको वक्तव्यमा ‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ ।’ भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds