लामो समयपछि नँयाँ घरमा खुसीका साथ मिठु बादी

Byदोर्ण के.सी.

१३ कार्तिक २०८०, सोमबार १८:०५ १३ कार्तिक २०८०, सोमबार १८:०५ १३ कार्तिक २०८०, सोमबार १८:०५

टिका के.सी.
तुलसीपुर १३ कार्तिक ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखरीयाका मिठु बादि लामो समयको अन्तराल पछि नयाँ घरमा बस्न पाउँदा खुसीले गदगद भएकी छिन् । बादीको घर २०७१ सालमा आएको ठुलो बाढिले बगाएको थियो । घर बगाएसगैं आर्थिक अभावका कारण बस्ने बास समेत बनाउन नसकेपछि हहहरेक दिन रात उनको दिनचर्या त्रिपालमा बास थियो । उनको ठुलो घर बनाउने, सुखसयलसँग बस्ने उनको चाहाना नभएको होईन तर आर्थिक अभावकै कारण उनले घर निर्माण गर्न सकेकी थिईनन् । तर वडा कार्यालयको पहलमा नँया घर निर्माण भएर बस्न पाउदा उनी खुसीले गदगद भएकी हुन । त्रिपालमा बास भएको देखेका वडाध्यक्ष मोहन पौडेलले बिपन्न मिठुको नँया घरमा बस्ने सपना पुरा गरिदिने अठोट लिएका थिए । निर्वाचित भएर आएदेखि नै पौडेलले नँयाँ घर निर्माणमा पहल थालेका थिए । यसका लागि वडाको तर्फ र तुलसीपुर उपमहागरपालिका बाट जस्तापाता तथा विभिन्न ब्यक्तिको सहयोगमा नँया घर निर्माण गरिदिएका थिए । उक्त घर कार्तिक १३ गतेका दिन एक कार्यक्रमका विच मिठु बि.कलाई हस्तान्तरण समेत गरिएको छ ।
वडाध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा राष्टिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा उक्त घर मिठुलाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले बिपन्न समुदायको लागि स्थानिय सरकार भएको महशुस गर्नेगरि गरेको यो कार्यको प्रशंसा गरेका थिए । वडासदस्य खिमकान्त पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नगर प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, स्थानीय बुद्धिजिवी हरीहर पौडेल लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण सचिव चन्द्र कुमार डाँगीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds