दाङ, २४ असोज । दाङको तुलसीपुर उपमहानगरपालिकाले बजारमा प्लास्टिकजन्य फुल र मालाकाृ व्यापारमा रोक लगाएको छ । चाडपर्वको मौसम सुरु भएसँगै पछिल्लो समय कृत्रिम प्लास्टिकका फूलका गुच्छा र मालाको व्यापार बढेको बेला उपमहानगरपालिकाले त्यसको रोक लगाएको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत ललित घर्तीले वातावरण संरक्षण ऐन २०७६ को दफा १४। को उपदफा ९६० ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचना अनुसार प्लास्टिकजन्य फूलगुच्छाको बिक्रिमा रोक लगाउने निणर्य गरेको बताएकाछन् । उनले नजिकिदै आइरहेको दसैँ , तिहार र छठ जस्ता चाडपर्वमा यस्ता प्लास्टिकजन्य फूलमाला र म्याद नखुलाएर प्याकिङ गरिएका उपभोग्य सामग्रिको बिक्रीवितरणमा रोक लगाउने निणर्य भएको उनको भनाई रहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds