तुलसीपुर, २४ असोज । बालबालिकाको शैक्षिक उपलब्धिका लागि मनो परामर्शको आवश्यक आवश्यक रहेको तुलसीपुरमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।अप्टीमिष्ट क्लब अफ दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले बालबालिकाको मनोसामाजिक अवस्था बुझेर सिकाउन सके सिकाईमा उपलब्धि हुने बताएका हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसीले बालबालिकाको भविष्य उज्वल बनाउनका लागि मनोपरामर्श आवश्यक रहेको बताएकाछन् । उनले बालबालिकालाई विभिन्न समयमा मनोविमर्श गर्दा उनीहरुको सिक्ने र खोजि गर्ने चाहना बढ्ने भएकाले बालबालिकाको आवश्यकता अनुसारको सिकाईका लागि मनोपरामर्श समय समयमा आवश्यक रहेको बताएका थिए । कार्यक्रममा मावि कालाखोला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरीले शिक्षण सिकाईमा परिवर्तन ल्याउनका लागि बालबालिकालाई मनोपरामर्श आवश्यक रहेको बताएका थिए । प्रधानाध्यापक राजिव ओझाले बालबालिकाको मनोसमाजिक विमर्शले सिकाईमा उपलब्धि हासिल हुने बताएका थिए । क्लबका अध्यक्ष डिआर भण्डारीको अध्यक्षता तथा वडा अध्यक्ष जिसीको प्रमुख आतिथ्यता एवं कालाखोला माविका प्रधानाध्यापक चौधरीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण प्रभात धितालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds