गढवामा प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा लाई स्वागत

Byदोर्ण के.सी.

२५ आश्विन २०८०, बिहीबार १४:१७ २५ आश्विन २०८०, बिहीबार १४:१७ २५ आश्विन २०८०, बिहीबार १४:१७

आलोक भावुक
गढवा, २५ असोज । दाङको गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा भएर आएका अमरराज शर्मा लाई बुधबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा उपाध्यक्ष शारदा कुमारी चौधरी, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिका कर्मचारी लगाएतकाले प्रमुख प्रशासकीय अधिकृत शर्मालाई फुलमालाले स्वागत गरेका थिए । नव प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा जिल्ला प्रशासन कार्यालय घोराही दाङबाट सरुवा भई गढवा गाउँपालिकामा आएका हुन् । अमरराज शर्माले गढवा गाउँपालिकाको पांचौ प्रमुख प्रशासकीय अधिकृतको रुपमा पदभार ग्रहण गरेकाछन् भने यस भन्दा पहिले ऋषि राम केसी, नोखिराम ओली, लाल बहादुर योगी र आशिष चौधरी प्रमुख प्रशासकीय अधिकृतको रुपमा गढवा गाउँपालिकाकामा सेवा दिईसकेकाछन् भने नेव बहादुर वली कार्यकारी अधिकृत र बुद्धिमा चौधरी निमित्त कार्यकारी अधिकृतको रुपमा काम गरि सकेकाछन्


स्वागत कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सबैको साथ सहयोगले समग्र गढवा गाउँपालिकाको बिकाशमा सहयोग पुग्ने बताएकाछन् ।गढवा गाउँपालिकालाई नमुना गढवा गाउँपालिका बनाउन जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत शाखाका प्रमुखहरु,कर्मचारी, पत्रकार लगाएतकाको साथ सहयोग र सुझावले पालिका समृद्ध गढवा गाउँपालिका बन्ने बताएकाछन् । साथै नव प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा सफल कार्यकालको शुभकामना समेत दिएका थिए। त्यसैगरी स्वागत कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले नव प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मालाई स्वागत गर्दै कर्मचारी र जनप्रतिनिधि बिचको समन्वयकारी भुमिका निर्वाह गर्न सके पालीकाको बिकाश सम्भव हुने बताएकाछन्। गढवा गाउँपालिकामा सम्भावना र चुनौतीको सामना गर्नु पर्ने बताउदै समग्र गढवा गाउँपालिकाको बिकाशको लागि अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीहरुको समन्वय आवश्यक रहेकोबताएकाछन्।


त्यसैगरी स्वागत कार्यक्रममा आफ्नो बिचार राख्दै नव प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले आफ्नो निजामति सेवाको २५ बर्षको अनुभव रहेको बताउदै सम्पूर्ण जनप्रतिनिधि कर्मचारी सबैको साथ सहयोग र समन्वयले अघि बढ्ने बताएकाछन्। पालिकाको कार्य सम्पादन राम्रो हुन टिम वर्कमा काम गर्नु पर्ने बताउदै जनप्रतिनिधिले मात्रै हुन नसक्ने बताएका थिए। गढवा गाउँपालिका राम्रो बनाउने वा आजकै अवस्थामा छोड्ने जनप्रतिनिधि, शाखा प्रमुखहरू र सम्पूर्ण कर्मचारीहरुको हातमा रहेको बताएकाछन्। आफ्नो पहिलो प्राथमिकता शान्ति, समृद्धि, सुशासन, विकास र भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने रहेको भन्दै सबै शाखा, कर्मचारीको साथ र सहयोग आवश्यक पर्ने बताएका थिए। कार्यक्रममा गढवा गाउँपालिकाका सबै शाखाका प्रमुख, उपप्रमुख कर्मचारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds