हमाल दम्पत्तीद्वारा राप्ती प्रादेशिक अस्पताललाई सिबीसी मेसिन हस्तान्तरण

Byदोर्ण के.सी.

४ आश्विन २०८०, बिहीबार १७:५६ ४ आश्विन २०८०, बिहीबार १७:५६ ४ आश्विन २०८०, बिहीबार १७:५६

दाङ
४-असोज/ नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका नगर सभापती तथा त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रा.ली.का अध्यक्ष सुरेश हमाल र रेखा हमालले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई सीबीसी मेसिन मेसिन हस्तान्तरण गरेका छन् । हमाल दम्पत्तीले २६ औं वैवाहिक वर्षगाठको अवसर पारी अस्पताललाई रगत जाँच गर्ने सिबीसी मेसिन हस्तान्तरण गरेका हुन् ।

बिरामीलाई उपचारमा सहज होस भन्ने उद्देश्यले सिविसी मेसिन हस्तान्तण गरेका छौ हामलले भने, ‘रिफरल सेन्टरको रुपमा मात्र नभएर यहाँ आएपछि उपचार हुन्छ भन्ने विश्वासको वातावरण अस्पतालले बनाउनु पर्छ ।’ यो हामी सबैको दायित्व हो ।

कार्यक्रममा राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदम न्यैपानेले अस्पताल सुधार गर्न सबैको सहयोग आवश्यक रहेको बताए । उनले हिजोका दिनहरुमा पचास बिरामीले सेवा लिने गरेको अस्पतालमा आजभोलि दैनिक हजार बढी बिरामीहरुको चाप भैरहेको भन्दै उनले प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

हालै लुम्बिनी प्रदेश सरकारले राप्ती प्रादेशिक अस्पताललाई पाँच सय बेडको अस्पतालका रुपमा विकास गर्ने निर्णय गरेको छ तर प्रक्रिया अघि बढन सकिरहेको छैन् । जसका कारण थप दवाब र समन्वयको खाँचो देखिएको नागरिक अगुवाहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds