सल्यान, २४ मंसिर । सल्यानमा स्वस्थ शहर अभियानका लागि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना (२०२१—२०२५) अन्तर्गत जिल्लाको शारदा नगरपालिकामा कार्यशाला गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा नसर्ने रोगहरु र त्यसले पार्ने प्रभावका विषयमा सहभागीलाइ जानकारी गराइएको थियो । नगर प्रमुख प्रकाश भण्डारीले अस्वस्थ जीवनशैली र खानपानका कारण नसर्ने रोगको शिकार हुनुपर्ने स्थिती आएको भन्दै उमेर बढ्दै जाँदा आफ्नो स्वास्थ्यको उचित ख्याल गर्नुपर्ने बताउनुभयो ।
गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखाका प्रमुखहरुको सहभागीता रहेको थियो । विश्व स्वास्थ्य संगठनको सहयोग, सुरक्षित मातृत्व संजाल महासंघ नेपालको प्राविधिक सहयोग र शारदा नगरपालिकाको आयोजनामा कार्यशाला गोष्ठी समपन्न भएको हो । कार्यक्रममो सहजीकरण सुरक्षित मातृत्व महासंघ नेपालका कार्यक्रम व्यवस्थापक लक्ष्मी खनाल र प्राविधिक विज्ञ सुजनराज जोशीले गर्नुभएको थियो ।
