तुलसीपुर,मंसिर १८ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर -१८ विजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन गरेका छन् । त्यस अवसरमा मन्त्री मास्कीले आयुर्वेदलाई समय सापेक्ष बनाउनुपर्ने बताए । उनले एलोपेथिक भन्दा आयुर्वेद उपचार पद्धति न पहिले जन्मेको भन्दै यसलाई ब्यबस्थित बनाउनु पर्ने बताए ।“आयुर्वेदिक पुरानो उपचार विधि हो”,उनले भने “यसलाई समय सापेक्ष बनाउन आबश्यक छ ।”साथै उक्त अस्पताललाई ५० सैयाको बनाउने गरि प्रक्रिया अघि बढाएको समेत मन्त्री मास्कीको भनाई छ ।त्यसका लागि आबश्यक पूर्वाधार तथा जनशक्ति ब्यबस्थापन गर्न तर्फ आफू लागिरहेको उनले बताए ।हाल अस्पतालमा दैनिक एकसय जना जतिले सेवा लिइरहेको अस्पतालका निर्देशक डा. सन्तोष ठाकुरले बताए । उनका अनुसार पछिल्लो समय आयुर्वेद पद्धतिबाट उपचार गर्नेहरु बढिरहेका छन् ।अस्पतालमा हाल व्यायामशाला, अग्नी कर्म, जलौका कर्म, नियमित योगा, पञ्चकर्म, फिजियोथेरापी लगायतका सेवाहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds