

दाङ, ४ कार्तिक । बडादशैँका अबसरमा कार्तिक ४ शनिवारदेखि सरकारी कार्यालयहरु बन्द भएका छन् । दशैँका अबसरमा आजदेखि पाँच दिनसम्म सरकारी बिदा अनुसार बिदा भएको हो ।आजदेखि दशैको फुलपाती सुरु भएसंगै दशै बिदा भएको हो । आजदेखि बन्द रहेका सरकारी कार्यालयहरु कार्तिक १० गते खुल्ने भएका छन् । फुलपातीदेखि बन्द रहेका कार्यालयहरु अष्टमी, नवमी, दशै, एकादशी र द्वादशीका दिनसम्म बन्द रहने गरेका छन् । यसअघि घटस्थापनाका दिनदेखि बिदा हुने कार्यालयहरु पछिल्लो समय सरकारले बिदा कटौति गरेर फुलपातीका दिनदेखि बन्द गर्ने गरिएको छ ।
