बडा दशैँको आज सातौँ दिन,घरघरमा फूलपाती भित्र्याइयो, देशभर हर्सोलासमय

Byदोर्ण के.सी.

४ कार्तिक २०८०, शनिबार १४:३७ ४ कार्तिक २०८०, शनिबार १४:३७ ४ कार्तिक २०८०, शनिबार १४:३७

थर्कोट समाचारदाता
दाङ, ४ कार्तिक ।
आज बडादशैँ अन्तर्गत फुलपाती । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पुजाआजा गरिएको दशैँ घर अथवा पुजा कोठामा फुलपाती भित्र्याइ छ । विभिन्न वनस्पति र फुललाई फूलपातीका रुपमा घर घरमा प्रवेश गराउने प्रचलन रहेको छ । शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फुल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पुजा गर्ने वैदिक विधि रहेको छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि अझै बढ्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds