राप्ती गाउँपाकिामा ५ जना सडक मानवको उद्वार

Byदोर्ण के.सी.

५ कार्तिक २०८०, आईतवार १५:०६ ५ कार्तिक २०८०, आईतवार १५:०६ ५ कार्तिक २०८०, आईतवार १५:०६

दाङ ५ कार्तिक


राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टको अगुवाइमा रातको समयमा पालिकाको विभिन्न स्थान बाट ५ जना सहयोगापेक्षी सडक मानवको उद्वार गरिएको छ। केही दिन देखि सडकमा रात बिताउँदै आएका उनीहरूलाई उद्धार गरि निलसागर सेवा आश्रम नेपालगञ्जको शाखा कार्यालय राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीको जिम्मा लगाइएको हो ।
१ जना पुरुष सहित २ महिला लाईलवडा नं।१ को भालुवाङ्ग बजार क्षेत्रबाट उद्वार गरिएको हो।त्यस्तै १ जना पुरुषको पाखापानी क्षेत्रमा बाट उद्वार गरिएको छ भने अर्को १ जनाको मौरीघाट क्षेत्र बाट उद्वार गरिएको हो। राप्ती गाउँपालिका दाङका अध्यक्ष विष्टको अगुवाइमा गएको उद्धार टोलीमा वडा नं।५ का वडा अध्यक्ष देव प्रसाद चौधरी,निलसागर आश्रम शाखा कार्यालय पिपरीका कार्यवाहक अध्यक्ष गरिबु चौधरी, राम नारायण चौधरी,श्रीधर अधिकारी ,डाक्टर आशाराम धामी ,पदम विष्ट ,इलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरीहरु लगायतको सहभागीता रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds