नयाँ पाइला पुर्नःस्थापना केन्द्रको दशैं मिलन कार्यक्रम सम्पन्न

Byदोर्ण के.सी.

६ कार्तिक २०८०, सोमबार १५:४५ ६ कार्तिक २०८०, सोमबार १५:४५ ६ कार्तिक २०८०, सोमबार १५:४५

थर्कोट समाचारदाता
दाङ, ६ कार्तिक ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले चाडपर्वले सभ्य समाज निर्माण गर्न प्रेरित गर्ने बताएकाछन् । बडा दशै, शुभ दीपावली तथा छठ पर्वको अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको नयाँ पाइला पुर्नःस्थापना केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। महासचिव पोखरेलले चाडपर्वले संस्कृतिका नाममा फैलिएका विकृती , बिसङगतीलाई नयाँ पुस्ताले हटाउँदै जानुपर्ने पनि बताएका थिए। नेपालमा सीमाका कारण लागुपदार्थ दुव्र्यशनी बढ्दो क्रममा रहेकाले नेपाल सरकारले नियन्त्रणमा विशेष सावधानीपूर्वक अभियान थाल्नुपर्ने बताएका थिए । उनले समाजमा बढ्दो दुव्र्यशनी हटाउन गृह मन्त्रालयको मात्रै पहलले नहुने भन्दै विद्यालय तहबाटै सचेतनाका कार्यक्रम गर्नुपर्ने बताएका थिए । पछिल्लो समय घर परिवारका अभिभावकले कार्य व्यस्तताका कारण बालबालिका लाई चासो नदेखाएका कारण दुव्र्यशनीको समस्या थप विकराल बन्दै गएको बताएका थिए । यसको लागि अभिभावकले निगरानी बढाउनुपर्ने उनले बताएका थिए । आफ्नो बालबालिका लाई समय दिने र उनीहरुलाई असल संस्कार दिनु अभिभावकको जिम्मेवारी भएको बताएका थिए । कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले पालिकाको तर्फबाट लागुपदार्थ दुव्र्यशनी न्यूनिकण गर्न सचेतनाको कार्यक्रम गरेपनि विद्यालय तहसम्म नपुग्दा प्रभावकारी बन्न नसकेको बताएका थिए । उनले प्रहरीको सक्रियता र अभिभावक शिक्षा अनिवार्य रहेको बताएका थिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले देशकै जनशक्ति युवा लागुपदार्थ दुव्र्यशनमा
फसिरहेकाले यसको नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताएका थिए । दाङ जिल्ला उद्योग बाणिज्य संघका प्रमुख बसन्त कुमार जोशी, साक्षर नेपाल दाङका अध्यक्ष बिन्दु गिरी, डिल्ली केसी, शंकर आषिश आचार्य, बसन्तबहादुर पुन, डिल्लीबहादुर रावत लगायतले लागु औषधको दुव्र्यशनी पछिल्लो समय धेरै बढेकाले यसको नियन्त्रणका लागि सरोकारवाला निकाय, गाउँ समाज सबैले सोच्नुपर्ने बताएका थिए । नयाँ पाइला पुर्नःस्थापना केन्द्रका सल्लाहकार सुनिल पोख्रेलको अध्यक्षतामा कार्यक्रम भएको हो । त्यस अवसरमा आमन्त्रीत सबैलाई संस्थाका सल्लाहकार शुष्मा लामिछानेले धन्यावाद ज्ञापन गर्नु भएको हो । संस्थाका सल्लाहकार सुन्दर गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका प्रेस संयोजक गोकर्ण पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds