धादिङ भूकम्प : घरको छतबाट हामफाल्दा एक महिला घाइते

Byदोर्ण के.सी.

५ कार्तिक २०८०, आईतवार १४:१४ ५ कार्तिक २०८०, आईतवार १४:१४ ५ कार्तिक २०८०, आईतवार १४:१४

गोरखा । आइतबार बिहान धादिङको खरी केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी गोरखामा एक महिला घाइते भएकी छन् ।

साढे दुई तले पक्की घरको छतमा बसेर पूजा भाँडा माझ्दै गरेकी गोरखा नगरपालिका–३ नारेश्वरकी ३० वर्षीया सरस्वती थापा भूकम्प आएपछि छतबाट हामफाल्दा घाइते भएकी हुन् ।

गोरखा अस्पतालमा सामान्य उपचार पश्चात उनलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए । 

आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पका कारण भिमसेन थापा गाउँपालिकाको बोर्लाङमा केही घरहरुमा सामान्य क्षति भएको गोरखा प्रहरीले जनाएको छ ।

भू-कम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लामा समेत महसुस भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds