
थर्कोट संवाददाता
आइतबार बिहान विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बस्दै छ । जाजरकोट भूकम्पपछि प्रधानमन्त्रीको अध्यक्षमा बैठक बस्न लागेको हो । बैठकले भूकम्प प्रभावितको राहत तथा उद्धारका लागि आवश्यक निर्णय गर्ने छ । जाजरकोट भूकम्पमा परी शनिबार अबेरसम्म १५७ जनाको मृत्यु भइसकेको छ भने ३ सयभन्दा धेरै घाइते भएका छन् ।
