आलुमा आत्मनिर्भर बनाउन किसानलाई प्रविधि तालिम आवश्यक ः अध्यक्ष पोख्रेल

Byदोर्ण के.सी.

१८ कार्तिक २०८०, शनिबार १६:२३ १८ कार्तिक २०८०, शनिबार १६:२३ १८ कार्तिक २०८०, शनिबार १६:२३

आलोक भाबुक
गढवा, १८ कात्तिक ।

आलुमा आत्मनिर्भर बनाउन किसानलाई प्रविधि तालिम आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेललेबताएकाछन्। गढवा गाउँपालिकाको आयोजनामा सुरु भएको दुई दिने प्रविधि तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सो कुरा बताएका हुन्। आलुखेतीमा आत्मनिर्भर गराउने उद्देश्यले किसानलाई गढवा गाउँपालिकाले आलु उत्पादनमा ७५ प्रतिशत अनुदान दिएको छ। पालिका स्तरीय बीउ बिजनमा आत्मनिर्भर कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाले पालिकाका किसान लाई पचहत्तर प्रतिशत अनुदानमा टिपिएस वियाँ आलु वितरण गरिसकेको छ। वीउ वितरण पश्चात् किसानलाई वीउ उत्पादन गर्न दुई दिने प्रविधि तालिम दिएको छ । गाउँपालिकाले आलुखेती हुने पकेट क्षेत्र वर्गीकरण गरी व्यावसायिक उत्पादनमा जोड दिने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताएका थिए ।निर्वाहका लागि गरिँदै आएको खेती प्रणालीलाई आधुनिकीकरण र व्यावसायिकता तर्फ अगाडि बढाउनका लागि आलु पकेट क्षेत्र निर्धारण गरेर काम थाल्ने गढवा गाउँपालिका लाई आलुमा निर्भर बनाउने अध्यक्ष पोख्रेललेबताएका थिए ।


गाउँपालिकाले किसानलाई आवश्यकपर्ने आलुको बीउ तथा बिक्रीका लागि आलु उत्पादन गर्ने उद्देश्यले बिभिन्न कृषि सहकारी, कृषक समूह, कृषि फर्महरुलाई टिपिएस वीउ पचहत्तर प्रतिशत अनुदानमा वितरण गरेको गढवा गाउँपालिका कृषि विकास शाखाका प्रमुख कर्ताराम यादवले जानकारी दिएका थिए ।
आलु उत्पादन भएपछि सक्नेजति बिक्रीवितरण गर्ने र नसकेको गाउँपालिकाले बिक्रीवितरणको व्यवस्था मिलाइदिने भएकाले किसान उत्साहित भएर व्यावसायिकतातर्फ आकर्षित भएको गाउँपालिकाले जनाएको छ । यही कार्तिक १७ र १८ गते गढवा गाउँपालिकाले आलु उत्पादन गर्ने कृषकहरुलाई दुई दिने प्रविधि तालिम दिएको हो । गढवा गाउँपालिका भरीका किसानको प्रतिनिधित्व हुने गरी २० जना कृषकहरुलाई आलुको वीउ उत्पादन गर्न उन्नत खेती प्रविधि तथा प्लाष्टिक मल्चिङ्ग प्रविधिबारे सैद्धान्तिक एवं व्यवहारिक ज्ञान प्रदान गरिएको छ । तालिममा बरिष्ठ बागबानी बिकास अधिकृत धनराज गौतमले सहजिकरणको भुमिका निर्वाह गरेका थिए ।
टिपाएस विया आलुबाट वीउ उत्पादन गर्दा झार आउने हुँदा झार व्यवस्थापन, माटोमा चिस्यान कायम राख्ने बिधि, पानीको न्यूनतम उपयोगबाट खेती हुने, जराको बृद्धि तथा विकास कसरी राम्रो हुने र उत्पादनमा कसरी बूद्धि हुने कृषकहरुको निमित्त उत्पादन लागत न्यूनीकरण तथा उत्पादकत्व बृद्धिको उपयुक्त विधि वारे लिखित तथा प्रयोगात्मक विधिबाट तालिम दिईने अधिकृत धनराज गौतमले जानकारी दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds