नागरिक सहायता कक्ष दाङका आठ स्थानमा

Byदोर्ण के.सी.

१ कार्तिक २०८०, बुधबार १४:१७ १ कार्तिक २०८०, बुधबार १४:१७ १ कार्तिक २०८०, बुधबार १४:१७

थर्कोट समाचारदाता
दाङ, १ कार्तिक ।
नेपाल सरकारले हिन्दुहरूको महान पर्व दशै तिहार तथा छठ पर्वलाई मध्यनजर गरेर दाङका आठ स्थानमा दशैं(तिहारलाई लक्षित गरेर नागरिक सहायता कक्ष स्थापना गरेएको छ । चाडपर्वमा घर फर्कने र जिल्ला बाहिर जाने यात्रुलाई आवत जावत गर्न सहज होस् भन्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा असोज १८ गतेदेखि नागरिक सहायता कक्ष स्थापना गरिएको हो । घोराही उपमहानगरपालिकाको बसपार्क, तुलसीपुर चोक, ट्राफिक चोक, तुलसीपुरको बसपार्क, लमहीको बसपार्क, भालुवाङको बसपार्क, गढवाको कोईलाबास र अमिलियाको अमिलिया चोकमा यात्रु सहायता केन्द्र स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिएकाछन् । नागरिक सहायता कक्षमा प्रहरी, ट्राफिक मिलेर जिल्लाबाट बाहिरीने र घर फर्कने यात्रु तथा बटुवालाई सहयोग गर्ने उनले बताएकाछन् । उनका अनुसार दशैं(तिहारको समयमा विशेष गरेर यात्रुको चाप बढी हुने भएकाले सवारी दुर्घटना बढी हुने गरेको हुन सक्ने भन्दै सचेत रहन सबैमा आग्रह समेत गरेकाछन् । नागरिक सहायता कक्षमा कार्यरत सुरक्षाकर्मीले दुर्घटना न्यूनीकरण सम्बन्धी सवारी चालकलाई विभिन्न सचेतनाको बारेमा जानकारी गराउने छन् ।

गाडीको सिट क्षमता भन्दा बढी यात्रु बोक्न तथा सामग्री हाल्न रोक लगाउने, सवारी अभावमा लामो समयसम्म अलपत्र परेका यात्रुलाई गाडीको व्यवस्था मिलाई घरसम्म पठाउन सहजीकरण गर्ने उनले बताएका थिए । त्यस्तै जिल्लाका विभिन्न स्थानमा दशैं(तिहारलाई लक्षित गरेर चौबिसै घन्टा सुरक्षागस्तीको व्यवस्थालाई कडा पारिएको पनि उनले बताएका थिए। यसैबिच चाडपर्वका बेला सुरक्षा सतर्कता अपनाइ सुरक्षित रहन प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी प्रमुख केसीले चाडपर्वका बेला सचेत र चनाखो हुन आग्रह आग्रह गर्दै बाटोमा हिँड्दा वा अन्य ठाउँमा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान पनि अनुरोध गरेकाछन्। यस्तै, नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोन सहित भिडभाडमा सकेसम्म नजान, घर तथा पसल बाहिर जानुपरेमा घरको झ्यालढोका राम्रोसँग बन्द गरेको छरछैन यकिन गर्न र सकेसम्म साइरन जडित ताल्चा जडान गर्न, लामो समय घर, पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा नजिकैको प्रहरीलाई खबर गर्न भनिएको छ । यस्तै, सकेसम्म डिजिटल प्रविधि मार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकिङको पासवर्डलगायत हरदम गोप्य राख्न, चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले भ्याउने अङ्कको मात्र चेक जारी गर्न तथा सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक नगर्न अनुरोध गरिएको छ ।
तास, जुवा लगायतका हारजित हुने खेल खेल्दा उठिबास हुनसक्ने तर्फ सचेत हुन, जाँड रक्सी तथा लागुपदार्थ सेवन गरेर गाडी नचलाउन, ट्राफिक नियमको पालना गर्न पनि प्रहरीले सबैमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds