दशैँतिहारका लागि दाङबाट काठमाण्डौमा भित्रिय पाँचसय बढी खसीबोका

Byदोर्ण के.सी.

१ कार्तिक २०८०, बुधबार १३:५१ १ कार्तिक २०८०, बुधबार १३:५१ १ कार्तिक २०८०, बुधबार १३:५१

थर्कोट समाचारदाता
दाङ, १ कार्तिक ।
दशैँ तिहारका लागि दाङबाट ५ सय बढि खसीबोका काठ्माण्डौ निर्यात भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी मूख्य शाखा कार्यालय तुलसीपुरले दशैं तिहारका लागि तीन दिनमा ५ सय बढि खसीबोका काठमाडौं पठाएको हो । कम्पनीले आइतबारदेखि खसिबोका खरिद गरि रहेकोे छ । खाद्यले आइतबार १ सय ६८ र सोमबार २ सय र आज मंगलबार १ सय ९६ गरि ५ सय ६४ खसीबोका काठमाडौं पठाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मूख्य शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले बताएका छन्। प्रमुख सुनारले कार्तिक २ गतेसम्म खसीबोका खरिद गर्ने पनि बताएका थिए । कार्यालयले यसवर्ष दाङबाट सात सय खसीबोका खरिद गरेर काठमाडौ पठाउने उनले बताएकाछन् । गतवर्ष दशैँतिहारका लागि दाङबाट १ करोड १२ लाखको खसीबोका काठ्माण्डौ पठाएको खाद्यले यसवर्ष १ करोड २० लाखको खसीबोका निर्यात गर्ने योजना बनाएको छ । खाद्यले जिउँदो खसीको मूल्य २५ केजीभन्दा माथिका प्रतिकिलो ५ सय ६२ रुपैयाँ तोकेको छ । यस्तै २० देखि २५ केजीसम्मको खसी प्रतिकिलो ५ सय ४५ रुपैयाँ र १८ केजी भन्दा माथिको बोका प्रतिकेजी ५ सय ४२ रुपैयाँ मूल्य निर्धारण गरिएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds