दाङ, २ भदौ । दाङबाट काठमाडौं हिडेको रात्री बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् ।तुलसीपुरबाट काठमाडौंका लागि छुटेको बाग्मती प्रदेश ०३(००१ ख २६७५ नम्बरको बस शनिबार बिहान ५ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका(९ हुग्दीखोला नजिक सडकको किनारामा पल्टदिा उनीहरू घाईते भएका हुन् । दुर्घटनामा परी ५ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिएकाछन्। अन्य घाइतेको उपचार मलेखु स्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा भइरहेको छ । प्रहरीका अनुसार घाइते सल्यान छत्रेश्वरी(३ का २४ वर्षीय राजेन्द्र पुन, उहाँका छोरा ६ वर्षीय आशीष र सल्यान जिल्ला बागचौर नगरपालिका(१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर धादिन प्रहरीले जनाएको छ । इ–तुलसीपुरबाट
