राप्ती समाज अमेरिकाको अध्यक्षमा : सुरेश हमाल

Byदोर्ण के.सी.

२ आश्विन २०८०, मंगलवार १४:३८ २ आश्विन २०८०, मंगलवार १४:३८ २ आश्विन २०८०, मंगलवार १४:३८

दाङ,२ असोज ।
नेपालको राप्ती क्षेत्रवाट अमेरिकामा रहेका नेपालीहरुले राप्ती समाज अमेरिकाको स्थापना गरेका छन् । हरितालिका तिजको अवसर पारेर सोमवार स्थापना भएको समाजको अध्यक्षमा सुरेश हमाल चयन हुनुभएको छ ।कार्यसमितिको उपाध्यक्षमा बिनोद पुन रुकुम, उपाध्यक्षमा गोबिन्द चलाउने सल्यान महासचिवमा कृष्ण बुढाथोकी सल्यान, चयन भएकाछन् ।
यस्तै सचिवमा दिपक रोका दाङ, सह(सचिबमा महेन्द्र घर्ती रोल्पा, कोषाध्यक्षमा नर बहादुर कुसारी रुकुम, सह(कोषाध्यक्षमा बिष्णु बन्जाडे दाङ चयन भएकाछन् भने प्रबक्ताको जिम्मेवारी भरत कुमार वली दाङ लाई तोकिएको छ ।
कार्य समितिका सदस्यहरुमा कर्ण बहदुर वली, रमेश वली, शिवराज भुषाल, डम्बरबहादुर के सी, दिपेश धिताल र सन्तोष भण्डारी रहनुभएको छ ।यस्तै समाजले सात सदस्यीय सल्लाहाकार समिति समेत चयन गरेको छ । संस्थाको सल्लाहाकारमा बलबहादुर केसी दाङ,कपिल डॉगी दाङ, बिरबहादुर बुढाथोकी दाङ, मनराज देवकोटा रुकुम, बासु क्षेत्री दाङ र थलविर वली रुकुमलाई चयन गरेको निर्वाचित अध्यक्ष सुरेश हमालले जानकारी दिएकाछन्। सुरेश हमालको अध्यक्षता तथा बे एरियामा रहेका प्रबुद्ध वर्गको आतिथ्यतामा संस्थाको उद्घाटन कार्यक्रम भएको थियो ।कार्यक्रममा बोल्ने बक्ताहरुले राप्ती समाज अमेरिकाको स्थापनाको अवसरमा बधाइ ज्ञापन गर्दै सफलताको शुभकामना दिएका थिए । राप्ती क्षेत्रवाट अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली र आफन्तजनविच भावनात्मक एकता, सद्भाव एवं पारस्पारिक सहयोग आदानप्रदानको लागि समाजको स्थापना गरिएको अध्यक्ष हमालले बताएका थिए । समाजमा छरिएर रहेका आफन्तजनलाई एकतावद्ध बनाउने र एक आपसमा आइपर्ने समस्या समाधानमा समाज कृयाशील रहने उनले बताएका थिए।
उनका अनुसार अमेरिकाका अन्य राज्यहरुमा रहेका राप्ती क्षेत्रका मानिसहरुलाई पनि संस्थामा क्रमश संलग्न गराउदै लगिने छ । साविकको राप्तीवाट अमेरिकामा बसोवास गर्नेहरुको संख्या करिव २० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds