टिका के.सी.
तुलसीपुर ३०(भदौ
तीजको महत्वलाई स्थान्तरण गर्दै कला संस्कृतिको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने एक कार्यक्रमका बिच सहभागी वक्ताले बताएका छन् । दिब्य कुन्ज एकाडेमि तुलसीपुर ७ को तिज मिलन कार्यक्रमलाई सम्बोधन गर्दै सहभागी वक्ताहरुले हुने खाने भन्दा हुँदा खाने वर्गको अवस्थालाई मध्यनजर गरी तीज पर्व मनाउन सुझाव दिएका थिए । पछिल्लो समय पर्वको नाममा भएको तडक भड्कले गरीव परिवारमा खिन्नता उत्पन्न भएकोले सामाजिक सदभाव र एकता र पारस्परिक समबन्ध हुनु पर्नेमा जोड दिएका हुन्। दिव्य कुञ्ज एकेडेमी तुलसीपुरको कोडिनेटर तथा शिक्षिका भावना भटटाराईको अध्यक्षतामा भएको कार्यक्रमममा संस्कृत विश्व विद्यालयमा सह प्राध्यापक निर्मला डाँगीले तीजलाई सांस्कृतिक, धार्मिक र सामाजिक हिसाबले मनाउन जोड दिएकी थिइन् । त्यस्तै राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरेले परापूर्व कालदेखि मनाउँदै आएको तीज पर्वलाई धार्मिक सांस्कृतिक रूपमा मनाउने प्रचलन रहेपनि पछिल्लो समय फरक शैलीमा तीज पर्व मनाउन लागेको बताएकी थिइन् । दुव्यकुन्ज एकेडमीका संरक्षक सुरेश हमाल, अध्यक्ष्य मोहन भण्डारी, राप्ती बबई क्याम्पसका सहायक प्रअ डा. प्रेम योगिले सकारात्मक पक्षलाई आत्मसाथ गर्दै सामाजिक सद्भावका रूपले मनाउनु पर्ने बताएका थिए
। फरक प्रसङ्गमा भने शिक्षा मानव जीवनका लागि अपरिहार्य छ । युग परिवर्तन गर्न दक्ष जनशक्ति विद्यालयबाट उत्पादन हुने भएकोले शिक्षा क्षेत्रमा लगानी गरेको बताएका थिए । शिक्षिका रिता केसी मन्तेस्वरी एसोसिएसन दाङका अध्यक्ष दिप्ती राना स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण शिक्षक पूर्ण केसी मुस्कानले गरेका थिए । तीज विशेष कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्रा विद्यालय व्यवस्थापन समिति, शिक्षक शिक्षिकी लगायतकाले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।
