प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिका प्रस्थान

Byदोर्ण के.सी.

३० भाद्र २०८०, शनिबार १४:१३ ३० भाद्र २०८०, शनिबार १४:१३ ३० भाद्र २०८०, शनिबार १४:१३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गरेका छन । प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन। त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन विमानस्थलको अति बिशिष्ट कक्षमा उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, मन्त्रीगण लगाएतले विदाई गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री प्रचण्डले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आगामी आसोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने कार्यक्रम छ । त्यस्तै न्यूयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायु सम्बन्धी शिखर सम्मेलन लगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्नुहुने मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन जाने तय भएको छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगाएत सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds