दाङ, ३ असोज । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा शुरु भएपछि बिरामीले जिल्लामै सुविधा पाउने भएका छन । दिनप्रतिदिन विरामीहरूले सेवा पाउँदै जान थालेपनि सेवा प्रभावकारी बन्दै गएको सेवाग्राहीहरुले बताएका हुन । युरो सर्जन डा. प्रवोध रेग्मीले गृह जिल्ला दाङ आएर यो सेवा शुरु गरेपछि प्रभावकारी बन्दै गएको अस्पतालले जनाएको छ । यस अघि यो खालको उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । डा. रेग्मीले हालसम्म मिर्गोलामा पत्थरी भएका झण्डै ४० जना बिरामीको सफल शल्यक्रिया गरिसकेको बताउनुभएको छ । युरो सर्जरी सेवा शुरु भएपछि प्रतिष्ठानमा प्रोष्टेडसहित पिसाब सम्बन्धी सबै उपचार हुने प्रतिष्ठानले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds