थर्काेट समाचारदाता
तुलसीपुर, २५ दाङ ।
“अबको सामुदायिक वन : युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन” भन्ने मूल नाराका साथ तुलसीपुरमा वन दिवस २०८३ मनाइएको छ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल तथा स्थानीय वन महासंघ तुलसीपुरको आयोजनामा कार्यक्रम उद्योग वाणिज्य संघ तुलसीपुरको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा सामुदायिक वन उपभोक्ता, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, महिला तथा युवालगायतको उल्लेख्य सहभागिता रहेको थियो।


कार्यक्रम सामुदायिक वन दिवश -२०८३ संस्थाका अध्यक्ष खेमलाल महतराकाे अध्यक्षता एंव फेकाेफन लुम्बिनीका महासचिव शाेभाकर साप्काेटाकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा सहभागीहरूले वन संरक्षणसँगै वनबाट प्राप्त स्रोतको दिगो उपयोग, स्थानीय अर्थतन्त्रमा वनको योगदान तथा सामुदायिक वन व्यवस्थापनमा युवाको अर्थपूर्ण सहभागिता बढाउनुपर्नेमा जोड दिएका थिए।
वन संरक्षण केवल वातावरण जोगाउने विषय मात्र नभई स्थानीय समुदायको जीविकोपार्जन, रोजगारी, आयआर्जन र हरित अर्थतन्त्र निर्माणसँग समेत जोडिएको विषय भएकाले आगामी दिनमा सामुदायिक वनलाई अझ प्रभावकारी र दिगो रूपमा व्यवस्थापन गर्नुपर्नेमा सहभागीहरूले धारणा राखेका थिए।


कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र स्थानीय वन महासंघ तुलसीपुरका प्रतिनिधिहरूका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई गणेश पाउरोटी उद्योग, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था तुलसीपुर, दाङ तथा अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था तुलसीपुर, दाङले सहयोग गरेका थिए।
वन दिवसले वन संरक्षणमा समुदायको भूमिकालाई थप मजबुत बनाउँदै युवा पुस्तालाई वन संरक्षण, वातावरणीय संरक्षण र हरित उद्यमतर्फ आकर्षित गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
कार्यक्रमकाे सहजीकरण स्थानीय वन महासंघ तुलसीपुरकी सचिव रक्षा काफले खड्काले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds