थर्काेट समाचारदाता
तुलसीपुर, १९ असा्ज ।

दाङको तुलसीपुर–सल्यान सडकखण्डअन्तर्गत चोर खोलामा सोमबार दिउँसो पहिरो खस्दा करिब ४ घण्टा सडक अवरुद्ध भएको थियाे ।

बिहान करिब ११ बजेदेखि पहिरो खस्न थालेपछि तुलसीपुर–सल्यान सडकखण्डमा आवतजावत प्रभावित भएको थियो। लगातार पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएपछि दुवैतर्फ गरी करिब २ सय वटा सवारीसाधन जाममा परेका थिए।

सडक अवरुद्ध भएपछि लामो दूरीका यात्रामा रहेका यात्रुहरू बिच बाटोमै अलपत्र परेका थिए। बालबालिका, वृद्धवृद्धा तथा बिरामी यात्रुसमेत सडक खुल्ने प्रतीक्षामा घण्टौँ बस्न बाध्य भएका थिए।

करिब चार घण्टासम्म सडक अवरुद्ध भएपछि नेपाल प्रहरी तथा स्थानीयवासीको पहलमा पहिरो हटाउने काम गरिएको थियो। लामो प्रयासपछि दिउँसो करिब ३ बजेतिर सडक सञ्चालनमा आएको हो।

सडक सञ्चालनमा आएपछि जाममा रोकिएका सवारीसाधनहरू क्रमशः गन्तव्यतर्फ लागेका थिए। सडक खुलेसँगै यात्रुहरूले राहत महसुस गरेका छन्।

वर्षायाममा यस सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा सडक अवरोधको समस्या दोहोरिँदै आएको स्थानीयको भनाइ छ। चोर खोला लगायत पहिरोको जोखिम रहेका क्षेत्रमा सम्बन्धित निकायले समयमै सडकको अवस्था निरीक्षण गरी आवश्यक पूर्वतयारी गर्नुपर्ने स्थानीयको माग रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds