तुलसीपुरमा माघ २० र माघ २१ विद्युत विद्युत बन्द हुने

Byदोर्ण के.सी.

१९ माघ २०८०, शुक्रबार १६:१८ १९ माघ २०८०, शुक्रबार १६:१८ १९ माघ २०८०, शुक्रबार १६:१८

तुलसीपुर,१९ माघ । तुलसीपुर क्षेत्रमा दुई दिन विद्युत लाइन कटौति गरिने भएको छ । तुलसीपुर कार्यक्षेत्र भित्र पर्ने ३३ केभी र ११ केभी सब स्टेशनमा रहेका पुराना केभी ब्रेकर हटाइ नयाँ ब्रेकर परिवर्तन गर्ने भएकाले लाइन कटौती गर्न लागेको प्राधिकरणले जनाएको छ ।नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीका अनुसार भोलि (शनिवार) र २१ गते आईतवार बिहान १० बजे देखि साँझ ५ बजेसम्म दुई दिन विद्युत सेवा अबरुद्ध हुने भएको छ ।

तुलसीपुर क्षेत्र अन्तरगत पर्ने एयरपोर्ट र कृष्ण मन्दिर फिडरका सबै स्थानमा भोली (शनिवार) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म लाइन अबरुद्ध हुने भएको छ ।यस्तै मानपुर, बिजौरी, पुुलबारी र कपुरकोट क्षेत्रको फिडर अन्तरगतका सम्पुणर् क्षेत्रमा २१ गते आईतवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने प्रमुख गोशेलीले बताउनुभयो ।स्टेशनमा रहेका पुराना ११ केभीका ब्रेकर हटाएर नयाँ ब्रेकर राख्ने काम सकिएपछि विद्युत लाइन सुचारु गरिने प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds