ढिलो आउने कर्मचारीलाइ मेयरद्वारा फूलले स्वागत

Byदोर्ण के.सी.

२१ कार्तिक २०८०, मंगलवार १३:११ २१ कार्तिक २०८०, मंगलवार १३:११ २१ कार्तिक २०८०, मंगलवार १३:११

थर्कोट संवाददाता
दाङ,२१ कात्तिक । 
दाङको लमही नगरपालिकामा कार्यालय समय भन्दा ढिलो आउने कर्मचारीलाई मेयर जोगराज चौधरीले फुलले स्वागत गर्ने गरेकाछन् । लमही नगरपालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेको बारे सेवाग्राहीको गुनासो आएपछि छड्के अनुगमन गरिएको हो।ढिलो आएका कर्मचारीलाई मेयर चौधरीले फुलले स्वागत गर्दै समयको ख्याल गरेर कार्यालयमा उपस्थित हुन निर्देशन दिने गरेको लमही नगरपालिकाले जनाएकोछ । एक दर्जन भन्दा बढी कर्मचारी कार्यालय समय भन्दा ढिलो आएका उनले जानकारी दिएका थिए । राष्ट्र सेवक कर्मचारीलाई जिम्मेवारी बोध होस्, समयको ख्याल गर्दै सेवा प्रवाह गर्न मद्दत पुगोस् भन्ने हाम्रो चाहना हो उने फुलले स्वागत गर्दै सो कुरा बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds