बाँके १७ असोज
मंगलबारदेखि नेपालगञ्मा भएको आन्दोलनले गर्दा कफ्र्यु जारी भएता पनि नेपालगञ्जको अवस्था भने सामान्य बन्दै गएको छ । प्रदर्शन रोकिएपछि अवस्था सामान्य बन्दै गएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिएका छन् । अहिले सडक सुनसान छ भने बजार तथा विद्यालय खुलेका छैनन् ।


दुई समुदाय बिच तनाव सिर्जना हुने अवस्था देखिएपछि मंगलबार दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र कर्फ्यु लगाइएको हो । सरकार र विभिन्न सङ्घसंस्थाले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न सबैसँग आग्रह गरेका छन् । सरकारले सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन सुचना नराख्न पनि सचेत गराएको छ । आज दिउँसो सुरक्षा निकायको बैठक बसेर सुरक्षा अवस्थाबारे थप विश्लेषण गरी आवश्यक निर्णय हुने पनि सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताएकाछन्



