उरहरीमा जारी वडाअध्यक्ष कप क्रिकेट प्रतियोगितामा दुई खेल हुँदै

Byदोर्ण के.सी.

१७ कार्तिक २०८०, शुक्रबार ०५:५४ १७ कार्तिक २०८०, शुक्रबार ०५:५४ १७ कार्तिक २०८०, शुक्रबार ०५:५४

दाङ, १७ कार्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीमा जारी वडाअध्यक्ष कप क्रिकेट प्रतियोगितामा आज बिहान पहिलो खेलमा वडा नम्बर ११ बि र वडा नम्बर ७ भिड्ने भिडेका थिए । त्यस्तै दोस्रो खेलमा वडा नम्बर १४ र वडा नम्बर १ भिड्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता अन्र्तगत बिहीबार सम्पन्न खेलमा वडा नम्बर ११ र १२ बिजयी भएका छन् । वडा नम्बर ११ ले आफ्नो उद्घाटन खेलमा वडा नम्बर १७ लाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै बिजयी यात्रा सुरु गरेको हो । त्यस्तै वडा नम्बर १२ ले वडा नम्बर ८ लाई १४ रनले पराजित गर्दै बिजयी यात्रा सुरु गरेको हो प्रतियोगिताको बिजेता, उपबिजेताले क्रमश नगद २५ र १५ हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधा तर्फका खेलाडीलाई पुरस्कृत गरिनेछ । कार्तिक २० गतेसम्म संचालन हुने प्रतियोगितामा तुलसीपुर नगरका ११ टिमको सहभागीता रहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds