दाङ, ६ असोज ।
दाङको अमलियामा पनि मान सरोबर होटेल शनिवारदेदेखि सेवा दिन थालेको छ । दाङको घोराही रोडमा अबस्थित मानसरोवर होटेलले शनिवार एक कार्यक्रमको आयोजना गरि अमेसिलयामा शाखा विस्तार गरेपछि होटेलले अमेलियामा पनि सेवा दिन शुरू गरेको हो । दाङको तुलसीपुरका घोराही रोड र बरूवा गाउँको वडा नं.–६ बाट गरि दुई स्थानबाट सेवा दिईरहेको होटल मानसरोवरले आफ्नो नयाँ शाखा अमिलियामा समेत विस्तार गरेको होटलका सञ्चालक दिनबहादुर जिसीले थर्कोट. कम.एनपीलाई बताएका थिए ।


सञ्चालक जिसीका अनुसार होटलमा नेपाली खानामा लोकल कुखुरा, खसी, लोकल माछा लगाएतका परिकारका साथै खसी, लोकल कुखुराको सेकुवाका साथै लोकल माछाका विभिन्न परिकार पाईने बताएका थिए। त्यस्तै नेपालगञ्ज एरपोर्टदेखि दाङसम्म आउनलाई आरामदायी गाडीको ब्यबस्था समेत रहेको बताउँदै विदेशमा रहेका युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन तथा तथा आफुहरु समेत रोजगार हुन होटलको शाखा विस्तार गरिएको पनि बताएका थिए। उनल तिनवटा शाखामा गरि करिब २० बढिलाई रोजगारी समेत प्रदान गरेको बताउका थिए ।
