लायन्स क्लव अफ तुलसीपुर इशानद्वारा निःशुल्क शेयर प्रशिक्षण

Byदोर्ण के.सी.

६ आश्विन २०८०, शनिबार १६:०१ ६ आश्विन २०८०, शनिबार १६:०१ ६ आश्विन २०८०, शनिबार १६:०१

तुलसीपुर,६ असोज।
दाङको तुलसीपुरमा शनिवार निःशुल्क शेयर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ तुलसीपुर इशान को आयोजना तथा जे एफ सेक्युरिटिज तुलसीपुर शाखाको सहयोगमा शेयर सम्वन्धि प्रशिक्षण कार्यक्रम गरिएको हो ।
क्लवका द्वितीय उपाध्यक्ष लायन सुरेश बस्नेतको अध्यक्षता एंव प्रमुख प्रशिक्षक सुवासचन्द्र भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा शेयर कारोवार कसरी गर्ने,बित्तिय कारोवार गर्दा अपनाउनुपर्ने सतर्कता,शेयर बजार सम्बन्धि विश्लेषण तथा बित्तीय कारोवारका लागि आवश्यक आाधारभुत कुराहरूको बारेमा जानकारी दिएको क्लवका सचिव दिपक केसीले जानकारी दिएका छन्। एक दिने निःशुल्क शेयर प्रशिक्षण कार्यक्रममा तुलसीपुर क्षेत्रमा रहेर शेयर वजारमा कारोवार गर्ने कारोवारी,ब्यवसायि,शिक्षक,बिद्यार्थी लगाएतको सहभागीता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds