





सिगास–१ कै बेसरा गाउँमा रहेको गाउँघर क्लिनिक एक वर्षदेखि बन्द हुँदा त्यहाँ पनि बाख्राका बड्कौला भेटिएको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताए ।



स्वास्थ्य केन्द्रका इन्चार्ज अहेव नरेन्द्र ऐरीले गाउँघर क्लिनिक सञ्चालित अवस्थामा रहेको दाबी गर्नुभयो । गाउँघर स्वास्थ्य केन्द्रमा कार्यरत अनमी भने गाउँपालिकाबाट बिदा स्वीकृत नै नगरी महिना दिनदेखि अनुपस्थित रहेको पाइएको छ ।सो आधारभूत स्वास्थ्य केन्द्रमा सिटामोल छैन । गाउँघर क्लिनिकको अवस्था झन् दयनीय रहेको स्वास्थ्य कार्यालयको अनुगमन टोलीले जनाएको हो ।
स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले गाउँपालिकाबाट बिदा स्वीकृत नगराएको सिगास गाउँपालिकाका स्वास्थ्य संयोजक घनश्याम बोहराले बताउनुभयो । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा औषधि खरिदमा ढिलाइ भएका कारण सिटामोल पुग्न नसकेको उनले बताए ।
वैकल्पिक व्यवस्था गरेर भए पनि सिटामोल पठाइने तयारी भएको स्वास्थ्य संयोजक बोहराले बताए । गाउँघर क्लिनिकका सम्बन्धमा गुनासो आएकाले अबका दिनमा क्लिनिक सञ्चालन भएको तस्बिरसमेत पठाउन निर्देशन दिइएको उाले बताए ।
अनुगमनका क्रममा स्थानीय तहका स्वास्थ्य संस्थामा सिटामोल नपाइने अवस्था रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपाल सरकारले गाउँपालिका र नगरपालिकालाई औषधि खरिदका लागि वार्षिक २० लाख रुपियाँ बजेट पठाउने गरेको छ ।
पालिकामा बजेट आए पनि सर्वसाधारणले सिटामोलसमेत नपाएको स्थानीय लोकेन्द्र ऐरीले बताए । ज्वरो आएका बिरामीले आधारभूत स्वास्थ्य केन्द्र र गाउँघर क्लिनिकबाट सामान्य औषधि सिटामोलसमेत नपाएको सिगास गाउँपालिका–१ का जगदीश भट्टको गुनासो छ ।
सिगास गाउँपालिका–१ को स्वास्थ्य संस्था र गाउँघर क्लिनिकमा सिटामोल नभएको पाइएपछि स्वास्थ्य कार्यालयले सिटामोल, जीवनजललगायतका औषधि र एक थान स्ट्रेचर उपलब्ध गराएको छ । गोरखापत्र


