दोेर्ण के.सी.
तुलसीपुर १३ जेठ
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले समितिबाट बागमती प्रदेश ईञ्चार्ज तथा केन्द्रीय कार्यालय सचिव रमेस तामाङ र सचिालय सदस्य तथा बागमती प्रदेश सचिव सुधा पाठक(नेहा) लाई लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको नेपालका केन्द्रीय अध्यक्ष मनीराम ज्ञवाललीले जानकारी दिनुभएको छ । नेपालका केन्द्रीय अध्यक्ष ज्ञवालीले नेपालका बागमती प्रदेश ईञ्चार्ज तथा केन्द्रीय कार्यालय सचिव रमेस तामाङ र सचिालय सदस्य तथा बागमती प्रदेश सचिव सुधा पाठक (नेहा) लाई समितिको निती नियम बिरूद्वमा नजान विगत प्रथम सम्मेलनदेखि आजका दिनसम्म समितिले सचेत गराउँदा पनि दिनप्रतिदिन लघुबित्त बित्तिय संस्थाहरूद्वारा पिडीत लाखौं दिदीबहिनीहरूसँग र समग्र आन्दोलनलाई ठेस लाग्ने गरि विभिन्न प्रकारका कुराहरूको प्रचारप्रसार गर्दै लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले उहाँहरूप्रति तय गरिएको निती नियमलाई व्यवास्ताका साथ उलन्घन गर्दै अगाडि बढेका कारण बाध्य भएर कार्वाही गरिएको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले आफ्नो आधिकारिक फेसबुकमा स्टास लेख्दै जानकारी गराउँदै तामाङ र पाठकले तय गरेको बिचारमा लागेर लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपाल र संघर्ष विरूद्व केन्द्रीत अबैध गतिविधिहरूलाई साथ दिने जो कोही यस समिति नेपालको साधारण सदस्य समेत हुन नसक्ने भन्दै समितिले आन्दोलनलाई कम्जोर बनाउने, विभिन्न खप्रकारका भम्रीत समाचारहरू प्रचार गरेर भाँड्न खोजने लगायतका अराजक गतिविधिहरूमा संलग्न नहुन सबैमा आग्रह गरेको छ । साथै आग्रह गर्दागर्दै त्यस्ता प्रकारका गतिविधिहरूमा लाग्ने जो कोहीलाई पनि कार्वाही गरिने लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले विज्ञप्ती मार्फत सबैमा आग्रह गरेको छ लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपाललले आधिकारीक फेसबुक पेज मार्फत यो पनि भनेको छ कि समितिले तोकेको वा जिम्मेवारी दिएको आधिकारिक नेतृत्व वा व्यक्ति बाहेक अन्य गैर सांगठानिक व्यक्ति वा समुहको भ्रममा नपर्न आम लघुबित्त तथा खबित्तिय पिडीतहरूमा आग्रह गरेको छ । नेपालले २०७८÷१÷२८ गते गुलमीबाट शिखा रेग्मीको पिडालाई मध्यनजर गर्दै शुरू गरिएको आन्दोलन २०७८÷१०÷१ ग्ते बिद्रोह गरि गर्दै आन्दोलन तिब्र गतिले अगाडि बढाईएको हो । सोही अनुरूप लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालका वरिष्ठ उपाध्यक्ष फत्ते बहादुर पुन मगर र पुर्ण रपालको नेतृत्वमा पहिलोमा लुम्बिनी प्रदेश दाङ, दोर्सोमा चितवन र तेर्सोमा दाङको तुलसीपुरमा थर्कोट त्रैमासिक पत्रिकाका प्रकाशक तथा Tharkot.com.np का प्रबन्धक दोर्ण बहादुर के.सीको संस्थापक अध्यक्षतामा तथा २०७८÷१०÷१९ गते गुल्मी पाल्पामा बृहत संघर्षका कार्यक्रमहरू गरिएको समितिले जानकारी गराएको छ । यस्तै २०८० साउनमा लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति

नेपालका केन्द्रीय अध्यक्ष मनीराम ज्ञवालीको नेतृत्वमा जिल्ला अध्यक्षहरूको साथमा आवरण अन्सन बस्नुका साथै गएको फागुन १ गते मुगलीनबाट पैदल यात्रा गर्दै चक्रपथ परिक्रमा गर्दै निषेधाज्ञा तोड्दै राष्ट्र बैंक तथा संसद भवन प्रवेशका विभिन्न आन्दोलन पश्चात दवावका बलमा सरकारले कार्यदल गठन गरेको थियो । सो कार्यदलले देशका विभिन्न स्थानहरूमा लघुबित्त तथा बित्तिय संस्थाहरू, मिटर व्याजे तथा विभिन्न पिडामा रहेका आम पिडीतहरूसँग प्रत्यक्ष भेटघाट गरि प्रमाण संकलनको प्रतिबेदन तयारीको काम अन्तिम तयारीमा पुगेको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालका केन्द्रीय अध्यक्ष ज्ञवालीले विज्ञप्ती मार्फत जानकारी दिनुभएको छ । विज्ञप्तीमा सो कार्यदलले तयार बनाएको प्रतिवेदन पिडीतका पक्षमा नरहेको तथा सरकारले प्रतिवेदनको आधारमा पिडीतलाई न्याय दिलाउन पहल नगरेमा यो लोकतान्त्रीक व्यवस्थामा आन्दोलनको ढोका सदाबहार खुल्ला रहेकाले प्रतिवेदन प्रस्तुतका समयसम्म सबैमा धैर्य रहन सबैमा विज्ञप्ती मार्फत अनुरोध गरिएको छ । विगतका परापूर्व समयदेखि हाम्रो समाजमा वित्तिय संस्थाहरूले अबैधानिकताका साथमा रही ग्रामीण भेगका गाउँ तथा बस्तीका सोझासाझा नागरिकहरू लुटने कार्य गरिरहेको, वित्तिय शोषण र यसका शोषकको जालो मजबुत रहेकाले सोचे जस्तो सजिलो तरिकाले वित्तिय शोषणको अन्त्य गरि पिडीतहरूलाई न्याय दिलाउने कार्य सहज नभएको उल्ललेख गर्दै निरन्तरको आन्दोलनले सचेत धक्का पश्चात मात्र एकपछि अर्को उपलव्धी प्राप्त हुँदै जान सम्भब भएकाले आन्दोलनको उपलव्धी प्राप्त हहुने बेला कुनै किसीका भ्रममा नगरी, कहि कतै दाया बाँया नगरी नेतृत्व पंक्तीलाई समयमै सचेत र सजकसँगै साथ दिनपनि विज्ञप्ती तथा लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालका केन्द्रीय अध्यक्ष ज्ञवालीको फेसबुक लाइभ मार्फत लघुवित्त, सहकारी तथा सम्पूर्ण लघुवित्त वित्तिय पिडीतहरूलाई जानकारी गराईएको थियो । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको यहि बैशाख २० र २१ ग्ते काठमांडौमा बसेको केन्द्रीय समिति सचिवालय बैठकले तामाङ र पाठकलाई कार्वाही गर्ने निर्णय गरिएता पनि पुनः गल्ती नगर्ने सहमतीमा एकपटक सचिने मौंका दिने उद्देश्यले जेठ ११ गतेसम्मका गतिविधीलाई हेर्दै निर्णय कार्यान्वयन गरेको विधिलाई अनुसरन गर्दै आएतापनि कुनै सुधार नदेखिएको, एकपछि अर्को गर्दै संगठनका बिरूद्व गतिविधीहरू तिव्र पार्दै आन्दोलनलाई कम्जोर पार्ने दुराश्यले अघि बढेको अनुसरन गर्दै नचाहँदा नचाहदै बाध्यताबस आफ्नै सहकर्मीलाई कार्वाही गर्नुपरेको विज्ञप्ती मार्फत जानकारी गराईएको छ । साथै लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालका बागमती प्रदेश ईञ्चार्ज तथा केन्द्रीय कार्यालय सचिव रमेस तामाङ र सचिालय सदस्य तथा बागमती प्रदेश सचिव सुधा पाठक (नेहा) लाई
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको नेपालका केन्द्रीय अध्यक्ष मनीराम ज्ञवाललीले जानकारी दिनुभएको छ । साथै नेपालका बागमती प्रदेश ईञ्चार्ज तथा केन्द्रीय कार्यालय सचिव रमेस तामाङ र सचिालय सदस्य तथा बागमती प्रदेश सचिव सुधा पाठक(नेहा) लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको कार्बाहीमा परिसकेको नेपालका केन्द्रीय अध्यक्ष ज्ञवालीले जानकारी गराउनुभएको छ । उहाँहरूले सञ्चालन गर्दै आएका गतिविधीहरू आधिकारीक नहुने, संघर्ष समितिको नाममा संकलीत रकमको कुनै हिसाव नगर्ने, रकम संकलनका लागि पारम भर्न भन्दै पिडीतलाई तनाब दिने, गलत गतिविधीहरूमा सम्लग्न भई झुठ्ठा प्रचार गरि आम नागरीकमा भ्रम फैलाउने भएकोले समितिले उहाँहरूलाई साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको नेपालका केन्द्रीय अध्यक्ष ज्ञवाललीले जानकारी दिदै यस्ता खालका गतिविधीहरूमा केन्द्रीय समितिको आदेश बिना कहि कतै सम्लग्न नहुन सम्पूर्ण अभियान्ताहरूलाई लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालका केन्द्रीय अध्यक्ष ज्ञवालीले आग्रह गर्दै जो कोही कसैले कुनै विषयलाई लिएर गाउँ, घर, टोल, छरछिमेकमा आएर भम्र फिजाउन थालेपछि तपाईहरूलाई कुनै शंका लागेमा लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको आधिकारीकता हेरेर मात्र त्यस्ता कार्यक्रम, गतिविधीहरूमा सहभागी तथा संलग्न हुन सबैलाई विज्ञप्ती मार्फत लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालका केन्द्रीय अध्यक्ष ज्ञवाली सचेत गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds