सम्पादकीय
विभिन्न सामुदायिक वनहरूमा जतिबेला असार महिनाको सुरूवात हुन्छ नि त्यसपछि सम्पूर्ण सामुदायिक वनहरूलाई विरुवा रोप्ने आखिरी परेको हुन्छ । असार र साउन महिनाको अबसर पारी विभिन्न सामाजिक संघसंस्था होस्, वा ब्यक्तिहरुले विरुवा रोप्नका लागि सक्रिय भएका हुन्छन् । यस्तो कार्य अहिलेको लागि एकदम राम्रो पनि हो । जलवायु परिवर्तन भइरहेको अवस्थालाई अनुकुल बनाउनका लागि रुख रोप्नु अनिवार्य पनि छ । रुख रोपे मात्रै पनि जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न सकिन्छ । असार देखि सुरु भएको रुख रोप्ने प्रचलन साउन र भदौसम्म चल्छ । यसरी रुख रोप्दा बाँझो जग्गा हराभरा हनुपर्छ । उजाड ठाउँहरु हरियाली हुनुपर्छ । अनि मात्रै त्यसले सार्थकता दिन्छ । विभिन्न संघसंस्था तथा सामुदायीक वनहरूले वर्षेनी यसरी विभिन्न प्रजातीका रुख तथा बोटबिरूवाहरू रोप्छन् तर, ति रुखहरु उम्रिएका छन्, की

छैनन्, त्यो भने हेरचाह गरेको कहिल्यै पाईदैन् । यतिसम्म की पोहोर जुन ठाउँमा रुख रोपिएको थियो, त्यही ठाउँमा पुनः रुख रोपिन्छ, आगामी वर्ष पनि पुनः त्यही ठाउँमा रुख रोपिएला । यस्तो खालको रुख रोप्ने कार्यले भने कति सार्थकता देला, यो प्रश्न अहिले खडा भएको छ । वर्षेनी रुख रोप्ने तर, त्यसलाई संरक्षण गर्न कसैले पनि चासो दिएको देखिदैन । एउटा लहरका रुपमा रुख रोप्ने कार्य अघि बढेको देखिन्छ । जसरी रुख रोप्ने र फेसबुकमा फोटो पोष्ट्याउने गरिन्छ, त्यसरी नै हुर्किरहेको फोटो पोष्ट गर्ने प्रचलनको सुरुवात नभएसम्म रुख रोप्ने मात्रै, त्यसको उपलब्धी न्यून हुन सक्छ र । यस तर्फ सम्बन्धीत सरोकारवाला निकायले समयमै ध्यान दिन जरूरी छ । हामीले वर्षमा कति रुख रोप्यौं, भन्ने कुराले मात्रै त्यति अर्थ राख्दैन् । तर, हामीले रोपेका रुख मध्ये कति रुख जोगाउन सक्यौं, भन्ने कुरा अहिलेको महत्वपूर्ण विषय हो । रुख रोप्न जसरी अभियान चल्छ, त्यसरी नै रोपेका रुखहरु जोगाउने अभियान चलाउनु अहिलेको आबश्यकता हो । कम्तिमा महिनामा एक पटक हामीले रोपेका विरुवाको हेरचाह गर्न समय छुट्याउनु पर्छ । अनि मात्रै हामीले रोपेको रुखले हेरचाह पाउछ । अन्यथा हामी रुख रोप्ने मात्रै, उपलब्धी न्यून हुन सक्छ । त्यसैले आ–आफ्नो सामुदायीक वनहरूमा असार तथा साउनमा रोपिएका बोटबिरूवाहरू कति उम्रीए, कस्ता भए भनेर सम्बन्धीत विभिन्न संघसंस्थाहरू, सामुदायीक वनहरूले समयमै चासोका साथ सक्रिय हुन जरू जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds