धान बाली पसाउन थालेपछि तुलसीपुरका कृषकमा बढ्यो खुसी

Byदोर्ण के.सी.

३ आश्विन २०८३, शनिबार १४:४६ ३ आश्विन २०८३, शनिबार १४:४६ ३ आश्विन २०८३, शनिबार १४:४६

थर्काेट समाचारदाता
तुलसीपुर ३ असाेज
तुलसीपुर उपमहानगरपालिका–३ उपल्लो गहते स्थित बिस्मुरेकका कृषकहरूले लगाएको धान बाली पसाउन थालेको छ। धान पसाउन सुरु गरेसँगै यस वर्ष राम्रो उत्पादन हुने आशामा कृषकहरू उत्साहित भएका छन्।
‘मुठी रोपेर मुरी फलाउने’ उद्देश्यका साथ खेतीपातीमा लागेका कृषकहरू अहिले धानको स्याहार–सुसारमा व्यस्त छन्। धान पसाउन थालेपछि खेतमा आवश्यक मात्रामा पानी पुर्‍याउने, गोडमेल गर्ने तथा बालीको नियमित निरीक्षण गर्ने काममा कृषकहरू जुटेका छन्।


समयमै पानी, मलखाद र आवश्यक हेरचाह पाउन सके धानको उत्पादन राम्रो हुने कृषकहरूको अपेक्षा छ। विगतमा मौसमको अनिश्चितता, सिँचाइको समस्या तथा विभिन्न रोग–कीराका कारण खेतीमा समस्या भोग्दै आएका कृषकहरू यसपटक भने धान बाली राम्रो हुनेमा आशावादी देखिएका छन्।
बिस्मुरे क्षेत्रमा धान खेती स्थानीय कृषकहरूको प्रमुख कृषि गतिविधि मध्ये एक हो। वर्षभरि परिवारको आवश्यकता पुरा गर्न तथा आम्दानीको स्रोतका रूपमा समेत कृषकहरूले धान खेती गर्दै आएका छन्। धान पसाउन थालेसँगै खेतबारीमा हरियालीसँगै कृषकहरूको व्यस्तता पनि बढेको छ।


कृषकहरूका अनुसार अबको समयमा मौसम अनुकूल रहनु, पर्याप्त सिँचाइको व्यवस्था हुनु र रोग–कीराको प्रकोप नदेखिनु धान उत्पादनका लागि महत्वपूर्ण हुनेछ। धान राम्रोसँग पाकेपछि भित्र्याउन पाउने आशाले अहिले कृषकहरू मेहनतका साथ खेतमा खटिरहेका छन्।


यसरी पसाउन थालेको धानले कृषकको मेहनतलाई उत्पादनमा परिणत गर्ने संकेत देखाएको भन्दै स्थानीय कृषकहरूले खुसी व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds