दोर्ण के.सी.
तुलसीपुर,२८ साउन ।
दाङको तुलसीपुर उपमहागरपालिका वडा नम्बर १ का सम्पूर्ण जेष्ठ नागरिकहरू घरमै सेवा पाउन थालेपछि हर्षीत भएका छन् । दाङको तुलसीपुर उपमहागरपालिका वडा नम्बर १ ले बिभिन्न बस्तीहरूका घरघरमा मा पुगेर सामाजिक सुरक्षाको नविकरण कार्यलाई तिव्रता दिए पछि दाङको तुलसीपुर उपमहागरपालिका वडा नम्बर १ का सम्पूर्ण जेष्ठ नागरिकहरू हर्षीत भएका हुन् । दाङको तुलसीपुर उपमहागरपालिका १ नम्बर वडा कार्यालयले आव ०८१र०८२ का लागी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने विरामी र अशक्त भएका लाभग्राहीहरुको घरमै पुगेर नविकरणको कार्यलाई तिव्रता दिईरहेको छ । नविकरण गर्नका लागि

सर्भरले दिउसोको समयमा लोड बढि भएर काम नगर्ने भएकोले वडा भित्र रहेका जेष्ठ नागरिक अन्य, जेष्ठ नागरिक दलित, एकल महिला, विधवा, अति अशक्त अपांग, पूर्ण अपांगता र दलित बालबालिकालाई सास्ती भोग्नु नपरोस भनेर वडा समितको निर्णय अनुसार हरेक दिन बिहान ६स्३० बजेदेखी ९स्३० बजेसम्म गाउँबस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गरिएको वडा अध्यक्ष हुमकान्त सापकोटाले बताउनुभएको छ। विरामी र अशक्तका लागि भने मोबाईलमा नेटवर्क उपलब्ध भएसम्म घर–घरमा गएर नविकरण गरिएको वडा सचिव होमजंग विश्वकर्माले बताउनुएको थियो । अभियानामा अक्सिजन सिलिन्डर सहितका विरामी,अशक्त,अपांगहरू र अन्य सम्पड लाभग्राहीलाई समेत घरमै नविकरण सेवा उपलव्ध गराईएको

सचिव होमजङ विश्वकर्माले बताउनुभएको थियो। उहाँका अनुसार वडाको उत्तरी भागमा रहेका हापुरकोट रानीघाट, सिसाखानी, सुन्दरादेवी भगवती, झरना, अविधारा, रानीटाकुरा, गैरास्यूरे लगायतका गाउँबस्तीका जनताले घरआँगनमा नै वडाका जनप्रतिनीधी र कर्मचारी आएर सामाजिक सुरक्षा भत्ता नविकरण गरिदिँदा खुशी ब्यक्त गरेका थिए । अनलाईनमा नविकरण गर्नुपर्ने भएकाले कुनैकुनै पहाडी बस्तीमा रुखमुनी मोबाईल नेटवर्कले राम्रो काम गरेकाले रुखमुनि बसेर समेत नविकरण समेत गरिएको सहायक कम्प्युटर अपरेटर प्रकाश भुसालले बताउनुभएको थियो । समुद्री सतहदेखी १ हजार ४ सय ५८ मीटर उचाईमा रहेको वडाको विकट बस्ती रानीटाकुरा जहाँ अहिले सम्म विद्युत सेवा पुग्न सकेको छैन। जहाँ ल्यापटप र मोबाईल फोनको नेटवर्कको सहाराले सामाजिक सुरक्षा भत्ता नविकरण भएपछि जेष्ठ नागरिकहरु भने खुशी भएका छन् । वर्षातको समयमा ३ घण्टा पैदल हिडेर वडा सम्म पुगी नविरकण गर्न जानुपर्ने बाध्यता हटेको छ । आगामी दिनमा पनि घरदैलोको सेवालाई निरन्तरता दिनुपर्ने स्थानीय नन्दलाल वलीले बताउनुभएको थियो ।नविकरण गर्न छुटेमा लाभग्राहीरुको आव ०८१ ÷०८२ मा लगत कट्टा हुने भएकाले गाउँबस्तीमा नविकरण गर्न छुट्नुभएका लाभग्राहीहरुलाइ भाद्र मसान्तसम्म वडा कार्यालयमा आएर नविकरण गर्न वडा सचिव होमजंग विश्वकर्माले सबैमा अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds