दोर्ण के.सी.
तुलसीपुर २२ साउन
आईतबार साझदेखि परेको वर्षाका कारण तुलसीपुर उपमहानगरपालिका वडा नं.–७ का विभिन्न ठाउँका सड्क तथा घरहरूमा क्षती गरेको छ भने खोलामा आएको बाढीले जग्गा समेत कटान गरि ठुलो क्षती पुर्याएको छ । वर्षतका कारण तुलसीपुर–७ को जानकी टोलको भोटेमार्गमा घरहरू भित्काउनुका साथै खेतीपातीमा पनि क्षती पुर्याएको छ । राप्ती राजमार्गसँग जोडिएको सडकलाई वर्षाले चिराचिरा पारेपछि यातायातका सवारी साधनहरू आवागमनमा समस्या आएको तुलसीपुर

उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर जिसीले जानकारी दिनुभएको छ । सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर जिसीको नेतृत्वमा वडा सदस्य डिला विश्वकर्मा, दिवानी चौधरी लगायतको टोलीले क्षती भएको स्थानहरूमा अध्ययन अवलोकन गरि तुलसीपुर उपमहानगरपालिकाका प्राविधिक प्रमुख

दिनेश गुप्तालाई पुनः सडक मर्मतका लागि अनुरोध गर्नुभएको थियो । सडकलाई वर्षाले क्षेती पुर्याएपछि विद्यालय पढन आउने बालबालिका देखि लिएर सो क्षेत्रमा उत्पादीत तरकारी लगायतका सामानहरू बिक्रीका लागि बजारसम्म पुर्याउन समस्या भएको स्थानीयबासीहरूले बताएका थिए । लगातार आएको वर्षातले माध्यामिक विद्यालय कालाखोला स्कुलको परिसरमा रहेको शिव मन्दिरको पर्खाल भत्काएको छ भने पुलको दक्षिण तर्फको भाग खोलाले कटान गर्दा पुल जिर्ण बनेको माध्यामिक

विद्यालय कालाखोला स्कुलका खप्रधानाध्यापक राजीव ओझाले बताउनु भएको थियो । यसरी लगातार आएको वर्षातको कारणले गर्दा पुलको दक्षिण तर्फको भागमा कटानबाट रोक्नका लागि आवश्यक पहल गर्न उहाँले आग्रह गर्नुभएको छ । यसैबिच रानीघाट खोलाले घोराही तुलसीपुर सडकखण्डमा पर्ने पुलको पूर्वतर्फ पनि कटान गर्नुका साथै विधुतको पोलमा समेत क्षती पुर्याएको छ । यस्तै सिम्रा गाउँमा पनि रानीघाट खोलाले कटान गर्दा करिब ५० घरधुरी जोखिममा परेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds