रक्षाबन्धनले गर्दा टाढा–टाढा रहेका दाजुबहिनी तथा भाईबिनाहरूको भेटघाट भएको । आफ्नो कामको कारणले गर्दा टाढा रहेका भाईबिनाहरू रक्षाबन्धनमा अबसर पारी भेटघाट भएका हुन् । लामो समयको अन्तरालपछि भेटघाट भएका भाईबिनाहरू
एकआपसमा रक्षाबन्धन बाध्दै मिठा–मिठा परिकारहरू खाएर माया साटासाट गरेका थिए । भाईबिनाहरूमा रक्षाबन्धनको अवसरपारी रक्षासूत्र बाँध्नाले दाजुभाई तथा दिदीबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ । त्यही भएर रक्षाबन्धनको साइत भदौ ३ गते दिउँसो १ बजेर ३१ मिनेट पछि मात्र भएको पाञ्चाङ्ग निर्णायक समितिको निर्णयलाई आत्मसाथ गर्दै भाईबिनाहरूले रक्षासुत्र बाधी माया साटासाट गरेका हुन् । ऋषितर्पणीका दिन मध्यान्ह १ः३१ बजे सम्म भद्रा नक्षत्र परेको भन्दै रक्षाबन्धन तथा ऋषितर्पणीको कर्म गर्न नहुने समितिको निष्कर्ष गरेको थियो । भाद्र ३ गते सोमवार पूर्णिमा तिथि ४० घद्धि १९ पला रहेको र घण्टा मिनेटअनुसार त्यस दिन दिउसो ११ः३१ बजेसम्म भद्रा नक्षत्र रहेको विज्ञप्तिमा जनाइएको थियो जसले गर्दा टाढा–टाढाबाट आउने भाईबिनाहरू भनेको समयमा भेट हुने अबसर मिलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds