मनसुनी वायुको प्रभाव पुनः सुरु, सातवटै प्रदेशमा वर्षा हुने

Byदोर्ण के.सी.

२१ श्रावण २०८१, सोमबार ०४:२५ २१ श्रावण २०८१, सोमबार ०४:२५ २१ श्रावण २०८१, सोमबार ०४:२५

थर्काेट समाचारदाता
तुलसीपुर २१ साउन : देशका केही भू–भागमा बिहानैबाट वर्षा सुरु भएको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ  कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेस लगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी तराईका भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतया बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका एकदुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको विभागले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds