बालबालिकालाई चिसोबाट जोगाउनका लागि विद्यालय बन्द गरिनु पर्दछ ।

Byदोर्ण के.सी.

२५ मंसिर २०८०, सोमबार १५:१४ २५ मंसिर २०८०, सोमबार १५:१४ २५ मंसिर २०८०, सोमबार १५:१४

पछिल्लो समय दाङ सहित देशैभर अत्याधिक चिसो बढ्दै गएको छ । घरभित्रै बसिरहेको समयमा पनि शरिर चिसो हुँदै जाने गर्छ । यस्तो अवस्थामा बालबालिका देखि किशोर किशोरीहरू  पढाइका लागि स्कुल कलेज लुकलुक काँप्दै बिहानै पढ्नका लागि गइरहेका देखिन्छन् । ड्रेस लगाउनुपर्ने बाध्यताका कारण बालबालिकाहरू सर्ट, सुइटर र पैन्ट लगाएर बोर्डिङ तथा स्कुल पढ्न गइरहेका हुन्छन् भने उच्च शिक्षा पढ्नेहरू पनि पातलो सर्ट,पैन्ट र कोट लगाएर काँप्दै बिहानै कलेज गइरहेका हुन्छन् ।

 बिहानै विद्यालय गएकाहरू चिसो कोठामा घण्टौसम्म बस्दा उनिहरुलाई स्वास्थ्यमा समस्या देखिने सम्भावना बढी हुने चिकित्सकहरूले बताउने गरेका छन् । कठ्याङ्ग्रिदो चिसोमा शिक्षकले पढाएका कुरा कापीमा लेख्दा समेत मुस्किल हुने गरेको विद्यार्थीहरूले बताउने गरेका छन् ।  अत्याधिक चिसो भएपनि घरमा भएका न्यानो लुगा लगाउन छोडेर उनीहरू स्कुल पोषक लगाउन बाध्यछन् ।

अत्यधिक चिसोले बालबालिकामा झाडापखाला, निमोनिया, टाउको दुख्ने, श्वासप्रश्वाससम्बन्धी समस्या, रुघाखोकी, एलर्जी, छाला सुक्खा भएर फुट्ने वा दाग देखिने, खाना नपच्ने, हातखुट्टा तथा जोर्नी सुन्निनेलगायत समस्या बढ्ने गरेकाले जाडोवाट बच्न चिकित्सकहरूले सुझाव दिएका छन् ।

चिसोका कारण श्वासप्रश्वास सम्बन्धी समस्या आउनसक्ने भन्दै त्यसबाट निमोनिया जस्ता घातक समस्या देखिनसक्ने बताईएको छ । जाडोबाट जोगिन कोठालाई न्यानो बनाउनुका साथै बाक्लो कपडाहरु लगाउने र तातो खानेकुरा खानुपर्ने चिकित्सकको सुझाव छ ।  चिसोबाट हुन सक्ने सम्भावित स्वास्थ्य जोखिमबाट बच्न केहि दिन ट्यूसन सेन्टरदेखि विद्यालयहरु बन्द गर्नुपर्ने र नागरिकहरू पनि आवश्यक काम परेमा मात्रै बाहिर जानुपर्ने चिकित्सकको सुझाव छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds