दाङ आउदै गरेको गाडी दुर्घटना हुँदा १४ जना घाइते

Byदोर्ण के.सी.

११ पुष २०८०, बुधबार १४:०८ ११ पुष २०८०, बुधबार १४:०८ ११ पुष २०८०, बुधबार १४:०८

दाङ, ११ पौष   दाङको भालुवाङ–प्युठान सडक खण्डअन्तर्गत प्युठानको सरुमारानी गाउँपालिका–४ बड्डाडामा गाडी (मिनिबस) दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । प्युठानको बाग्दुलाबाट दाङको भालुवाङका लागि छुटेको लु २ ख ३०९३ नम्बरको गाडी बड्डाडामा दुर्घटना हुँदा एकै परिवारका ७ सहित १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका २ जनालाई दाङको भालुवाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्य घाइतेमध्ये केहीलाई थप उपचारका लागि बुटवल र भैरहवा पठाइएको तथा केहीको भालुवाङमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds