दाङको राप्ती गाउँपालिकाले भूकम्प प्रभावितलाई एक लाख रुपैयाँ सहयोग गर्ने

Byदोर्ण के.सी.

२० कार्तिक २०८०, सोमबार ०७:११ २० कार्तिक २०८०, सोमबार ०७:११ २० कार्तिक २०८०, सोमबार ०७:११

भालुवाङ, २० कात्तिक ।  दाङको राप्ती गाउँपालिकाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका नागरिकहरुलाई तत्काल राहत स्वरुप १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाको आईतवार बसेको कार्यपालिकाको आकस्मिक बैठकले भूकम्पमा परी ज्यान गुमाएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सो निर्णय गरेको हो । भूकम्प प्रभावितलाई तत्काल १ लाख रूपैयाँ सहयोग गर्ने र पुनर्निर्माणको बेलामा प्राविधिक सहित आवश्यक जनशक्ति पठाउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो । अध्यक्ष विष्टका अनुसार गाउँपालिकाले प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमा उक्त रकम जम्मा गर्नेछ । ‘नेपाल सरकारले भूकम्प पीडितका लागि खडा गरेको प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमै सहयोग रकम जम्मा गर्ने छौं,’ अध्यक्ष बिष्टलेले भन्नुभयो, ‘भूकम्पले छिमेकी जिल्लाहरु पीडामा छन् ।खाद्यान्न, औषधी उपचार अभाव चुलिएको छ । तत्कालका लागि एक लाख रुपैयाँ आर्थिक सहायता गर्ने निर्णय गरेका छौं।’ त्यस्तै पालिकाका अध्यक्ष प्रकाश विष्टले विभिन्न सेवा सुविधा बाफत आफूले प्राप्त गर्ने रकम मध्ये बाट ३५ हजार रुपैयाँ व्यक्तिगत रुपमा सहयोग गर्ने बताउनुभएको छ । उहाले भुकम्प प्रभावित नागरिकहरुलाई सहयोग गर्न चाहने जनप्रतिनिधि, शिक्षक, कर्मचारी, सामाजिक संघ संस्था, सहकारी संस्था, बित्तीय संस्था, उधोगी व्यवसायी तथा समाजसेवीहरु लाई आ–आफ्नो वडा कार्यालय तथा राप्ती गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न अपिल समेत गरेका छन् । हाल भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा राहत तथा पुनःस्थापनको कार्यजारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds