भूकम्पसंगै अस्तायो दिदिबहिनीको एमबीबीएसको सपना

Byदोर्ण के.सी.

१९ कार्तिक २०८०, आईतवार १९:४२ १९ कार्तिक २०८०, आईतवार १९:४२ १९ कार्तिक २०८०, आईतवार १९:४२

काठमाडौं १९ कार्तिक। २०८० कार्तिक १७ शुक्रबारको मध्यरातमा भूकम्प जाँदा गोरखबहादुर सिंहको परिवार खलंगामा मस्त निद्रामा थियो । भूकम्पले घर भत्किँदा उनले दुई छोरी र एक आफन्त गुमाए । उनी आफैँ, जेठी छोरी र श्रीमती पनि घाइते छन् । सिंह दम्पतीको जिल्ला अस्पताल जाजरकोटमा र छोरीको नेपालगञ्जमा उपचार भइरहेको गोरखका भाइ सुरेन्द्र सुमन सिंहले बताएका हुन् । सिंहकी माइली छोरी २१ वर्षीया उपासना सिंह अस्ट्रेलिया जाने तयारीमा थिइन् । सम्पूर्ण प्रक्रिया सकेर भिसाको प्रतीक्षामा थिइन् । कान्छी छोरी १८ वर्षीया उर्जा प्लस टु सकेर एमबीबीएसको तयारी गर्दै थिइन् । उनीहरूसँगै बितेकी २५ वर्षीया मेलिना इन्जिनियरिङ पढ्दै थिइन् । मृतक तीनै जनाको शनिबार नै अन्त्येष्टि गरिएको छ ।तीन छोरी, एक आफन्तकी छोरी र श्रीमती सहित उनी खलंगामा बस्दै आएका थिए । उनको परिवार बसेको घर भूकम्पमा भत्किँदा उनीहरू भग्नावशेषमा पुरिए । रातको समय भएकाले उनीहरूको तत्कालै उद्दार हुन सकेन । चार घण्टापछि उद्दार हुँदा चार जनाको मृत्यु भइसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds