तुलसीपुर ७ वडा कार्यालय परिसर सरसफाइ सम्पन्न

Byदोर्ण के.सी.

३१ भाद्र २०८०, आईतवार १४:०२ ३१ भाद्र २०८०, आईतवार १४:०२ ३१ भाद्र २०८०, आईतवार १४:०२

तुलसीपुर, ३१ भदौ ।
तुलसीपुर वडा नम्बर ७ को कार्यालय परिसर आईतबार सरसफाइ गरिएको छ । लायन्स क्लब अफ तुलसीपुर इशानको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को व्यवस्थापनमा वडा कार्यालय परिसर सरसफाइ गरिएको हो । हरेक बर्ष ७ नम्बर वडा कार्यालय परिसरमा तिजको अवसरमा सांस्कृतिक कार्यक्रम हुँदै आएको छ । सोही अवसर पारेर सोमबारहुने कार्यक्रमलाई व्यवस्थित गर्न सरसफाइ गरिएको लायन्स क्लब अफ तुलसीपुर इशानका सचिव दिपक केसीले जानकारी दिएका थिए। यसअघि वडा कार्यालय परिसरमा लगाइएका विभिन्न प्रजातिका विरुवाहरु पनि गोडमेल गरिएको उनले बताएका थिए । संस्थाका अध्यक्ष ऋषिराज भण्डारीको अध्यक्षता तथा तुलसीपुर ७ का वडा अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो । वडा अध्यक्ष जिसीले तिजको मौलिकतालाई जोगाइ राख्न सांस्कृतिक कार्यक्रमलाई जोड दिएको बताएका थिए । सरसफाइ कार्यक्रमा लायन्स क्लब अफ तुलसीपुर इशानका पदाधीकारी, वडा सदस्यहरु, शोभाराम भण्डारी, मानबहादुर राना, चौतारी जलधारा टोल विकास संस्थाका अध्यक्ष भद्रबहादुर ओली, राप्ती शान्ती उद्यानका अध्यक्ष डिल्लीराज भण्डारी, कोषाध्यक्ष ढुण्डीराज पराजुली, श्री गणेश सामुदायिक वनका अध्यक्ष लिलाधर बिक, जुनकिरी समुह लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds