(कपुरकोट गाउँपालिका भन्ने वित्तिकै तरकारीका लागि प्रख्यात ठाउको नाममा चिनिन्छ । यहाँ बेमौसमी तरकारी खेती, जडीबुटी, फलफूल र मसलाबाली बृहत् रूपमा उत्पादन हुने ठाउको नामले पनि चिनिने गर्दछ । कपुरकोटमा उत्पादित वस्तु बेच्न बजारको व्यवस्थापन र यातायातको पहुँच एकदम राम्रो रहेको छ । कपुरकोट गाउँपालिका सल्यान, रोल्पा र दाङ जिल्लाको सङ्गमस्थल हो । कर्णाली प्रदेशको पूर्वी प्रवेशद्वार मात्र नभई लुम्बिनी प्रदेशको पूर्वी रुकुम र रोल्पा जोड्ने पालिका समेत हो, कपुरकोट । कपुरकोट गाउपालिकाका अध्यक्ष दुर्गाबहादुर पुन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट विजयी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ, । प्रस्तुत छ, सोही विषयमा आधारित रहदै गाउँपालिकाका अध्यक्ष पुनसँग तजबचपयत।अयm।लउ का प्रकाशक प्रबन्ध निर्देशक दोर्ण बहादुर के.सीले गर्नुभएको कुराकानीको सारसंक्षप ः)

आजभोलीका दिनहरू कसरी बिताईरहनुभएको छ ?

मैले आजभोलीका दिनहरू दैनिक रूपमा कार्यालयमा आएर जनतालाई सेवा दिनुका साथै आफ्नो गाउँ आफै बनाऔ भन्ने मुलनारालाई मध्यनजर गदै विकास निमाृण काममा लागिरहेको छु ।

कपुरकोट गाउँपालिकाको अवसर र सम्भावना के के छन् ?

कपुरकोट गाउँपालिकालाई कृषि पर्यटन प्रवर्धनको सम्भावना र अवसरका रूपमा लिन सकिन्छ । बेमौसमी तरकारीको कारोबार हुने कपुरकोट हाटबजार सञ्चालनमा आएको छ । यसबाट कृषकले राम्रो मूल्य प्राप्न गर्ने अवसर पाउनुका साथै कपुरकोट ब्रान्डको रूपमा यहाँको तरकारी बेच्न सकिने सम्भावना पनि रहेको छ । यहाँ राष्ट्रिय स्तरको अदुवा बाली अनुसन्धान केन्द्र हुनु, वनस्पती उद्यान केन्द्र हुनुलाई पनि यहाँको गाउँपालिकाले अवसरका रूपमा लिएको छ ।

गाउँपालिकाको मुख्य समस्या के के हुन् र ति समस्याहरूलाई कसरी समाधान गर्ने योजना लिनुभएको छ ?

धन्याबाद यहाँलाई यहाँले राम्रो प्रश्न सोध्नुभएको छ । समृद्ध गाउँपालिका बनाउने सुरुवात भए पनि यसले पूर्णता पाउन अझै धेरै कार्य गर्न बाँकी रहेको छ । शैक्षिक क्षेत्रको विकास गर्न उच्च शिक्षा अध्ययन गर्नका लागि राम्रो क्याम्पस हुन नसक्नु, पालिकाभित्र स्वास्थ्य उपचारका लागि राम्रो अस्पताल नहुनु, कृषकलाई सिँचाइ सुविधा पु–याउन नसक्नु, घरघरमा स्वच्छ खानेपानी पु¥याउन नसक्नु हाम्रो मुख्य समस्याको विषय रहेको छ । यसको समाधानका लागि विशेष योजनाका साथ अघि बढ्ने प्रयास गरिरहेको छु ।  

यहाँले गाउँपालिकाको विकास निर्माणका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग कसरी समन्वय गर्नुभएको छ ?

मैले गाउँपालिकामा आफैले मात्र प्राप्त स्रोत र साधनबाट नागरिकको आवश्यकता अनुरूप सेवा प्रवाह गर्न कठिन छ । यसका लागि सङ्घ र प्रदेशसँग समन्वय गरेर काम गर्न आवश्यक छ । यसो गर्दा मात्र गाउँपालिकाको विकासमा सहयोग मिल्छ । सोही कुरालाई ध्यानमा राखेर सङ्घ र प्रदेश सरकारलाई पटक–पटक भेटेर लिखित तथा मौखिक रूपमा गाउँपालिकाका विभिन्न समस्यामा ध्यानाकर्षण गराइएको छ । तर पनि सङ्घ र प्रदेशबाट गाउँपालिकाको आवश्यकता पहिचानका आधारमा जुन साथ र सहयोग हुनु पथ्र्यो, त्यसमा कतै कमी हो कि जस्तो अनुभूति भएको छ । 

गाउँपालिकामा तपाईका खास योजनाहरू के के छन् ?

मैले गाउँपालिकाको आफ्नै पहल र अन्य सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा सम्पादन गर्न सकिने कार्यलाई ध्यानमा राखेर आफ्नो कार्यकालमा प्राथमिकताका साथ केही योजनालाई अघि बढाएको छु । मैले आफ्नो कार्यकालमा नागरिकलाई सुशासनको पूर्ण प्रत्याभूती दिलाउनेदेखि लिएर अँध्यारोमुक्त कपुरकोट बनाउने, खरको छानामुक्त कपुरकोट बनाउने, १५ शैय्याको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने, क्याम्पस स्थापना गरी सञ्चालन गर्ने, कृषि उपजको उचित मूल्य सहित निर्यातको सहज पहुँचको व्यवस्था, सवै वडा कार्यालयसम्म कालोपत्रे बाटो बनाउने कार्यको थालनीका कार्यलाई योजनाका साथ अघि बढाइएको छु ।  

स्थानीय तहले विकास निर्माण र सेवा प्रवाहलाई कसरी अघि बढाइरहेको छ ?

हामीले जनताको सरकारले जनताका बिचबाट सेवा प्रवाह गर्नु पर्छ भन्ने मान्यतासाथ अघि बढेका छौ । नागरिकको हितलाई ध्यानमा राखेर वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण, योजनाको सम्झौता, बैङ्क खाता सञ्चालन, योजना फरफारकका लागि फाइल पेस गर्ने कामलाई निरन्तरता दिएका छौ । स्वास्थ्य शिविर सञ्चालन, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको घरमै स्वास्थ्य परीक्षण, प्राथमिक उपचार र उचित परामर्श, सार्वजनिक बिदाको दिनमा स्वास्थ्य सेवा प्रवाह जस्ता कार्य समेत भएका छन् । 

तपाईले निर्वाचित भएको एक वर्षको अवधिमा के कस्ता चुनौती भोग्नुभयो ?

गाउँपालिकाले जनताका धेरै अपेक्षालाई प्राथमिकीकरण गरेर सम्पादन गर्ने क्रममा कतिपय मागलाई सम्बोधन गर्न नसक्नु, सङ्घीय र प्रदेश सरकारबाट विनियोजन भएको समानीकरणको बजेटको समेत सुनिश्चितता नहुनु, कतिपय ससर्त अनुदानका रूपमा प्राप्त बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने चरणमा कटौती हुनु, विभिन्न खाले ठुला विपत्का घटनाको सामना गर्नु जस्ता कार्यले स्थानीय सरकारको गतिमा चुनौती भोग्नु परेको थियो ।

विकास निर्माणमा जनसहभागिता कत्तिको पाउनुभएको छ ? जनसहभागिता जुटाउन के कस्ता योजनालाई अगाडि सार्नुभएको छ ?

गाउँपालिकाको विकास निर्माणमा जनसहभागिता अपरिहार्य विषय हो तर पनि जनश्रम गर्ने संस्कारको कमी हुँदै गएको तितो यथार्थ हो । सोही कुरालाई ध्यानमा राखेर हामीले कपुरकोट जागरण अभियान सञ्चालन गरेका छौ । अहिले पालिकाभित्रका सम्पूर्ण टोल विकास संस्थाले यसलाई महङ्वका साथ अघि बढाइराखेको अवस्था छ । विभिन्न जनश्रमको माध्यमद्वारा सरसफाइ, बिग्रिएको संरचना निर्माण, सामाजिक जागरण, शैक्षिक जागरणलगायत विभिन्न कार्यमा संलग्न भइराखेको अवस्था छ । अब सञ्चालन गरिने योजनामा समेत टोल विकास समितिको सहभागिता गराई अगाडि बढाउने योजना लिएको छु ।

गाउँपालिकामा बेरुजु र सार्वजनिक खरिदको अवस्था के कस्तो छ ? बेरुजु घटाउन कत्तिको सफल हुनुभएको छ ?

हामीले गाउँपालिकामा बेरुजुको अवस्था वर्षैपिच्छे थपिदै गएको देखिन्छ तर अब यसलाई क्रमशः शून्य बेरुजुमा झार्नु पर्छ भन्ने सोचका साथ गाउँ सभाको १३औ गाउँ अधिवेशनबाट निर्णय पारित गरी कार्यान्वयनमा अघि बढेका छौ । समितिले कार्य प्रारम्भ गरिसकेको छ । गाउँपालिकाको सार्वजनिक खरिद प्रक्रियालाई अत्यन्तै पारदर्शी र विधिसम्मत ढङ्गले लैजानु पर्छ भनेर सम्भव भएसम्मका सम्पूर्ण खरिद कार्यलाई ई–बिडिङको माध्यमबाट अघि बढाउने काम भएको छ । अबको हाम्रो अर्जुनदृष्टि भनेको शून्य बेरुजु र काममा पारदर्शिता रहेको छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

सर्बप्रथम त यहाँहरूको थर्कोट राष्ट्रिय त्रैमासिक पत्रिका तथा Tharkot.com.np अनलाईनले हाम्रो कपुरकोट गाउँपालिकाको गतिविधिका बारेमा आम जनताको सामु पु¥याउनका लागि मलाई  केही कुरा बोल्नका लागि स्थान दिनुभएकोमा धेरै भन्दा धेरै धन्यावाद दिन चाहन्छु । साथै म लगायत हाम्रो सम्पूर्ण टिम गाउँपालिकाको हरेक विकास निर्माणका काममा निरन्तर रूपमा लागि परेको कुरापनि अवगत गराउँदै विदा हुन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds