टयाक्टर दुर्घटनामा परि मोटरसाइकल चालक पाण्डे गम्भिर घाईते

Byदोर्ण के.सी.

१ पुष २०८०, आईतवार १६:३१ १ पुष २०८०, आईतवार १६:३१ १ पुष २०८०, आईतवार १६:३१

दाङ, १ पुस ।
तुलसीपुरमा टयाक्टरले मोटरसाइकललाई ठक्कर दिदा एकजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाईकल चालक तुलसीपुर ८ दुधेनाका ५३ वर्षिय दुर्ब बिक्रम पाण्डे रहेको प्रहरीले जनाएको छ । घाइते पाण्डेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारको लागि आज दिउँसो २ वजेतिर नेपालगंज नर्सिङ होम रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । आज दिउँसो पौने १ बजेतिर तुलसीपुर ६ लक्ष्मिनारायण मन्दिर नजिकै राप्ति बबई क्याम्पसबाट अटो भिलेज तर्फ जादै गरेको रा १ त ४०८० नंम्बरको ट्याक्टरले तुलसीपुरबाट यएरपोर्ट तर्फ जादै गरेको रा २ प १७३६ नंम्बरको मोटरसाइकललाई ठक्कर दिएको मल्लले जानकारी दिनुभयो । ट्याक्टर र मोटरसाईकल दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds