बझाङको भूकम्प अपडेट एक जनाको मृत्यु, १३५ घरमा क्षति

Byदोर्ण के.सी.

१७ आश्विन २०८०, बुधबार १६:३४ १७ आश्विन २०८०, बुधबार १६:३४ १७ आश्विन २०८०, बुधबार १६:३४

बझाङ १७ असोज
बझाङ केन्द्रविन्दु भएर मंगलबार आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन्। मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ ओखल बस्ने ४० वर्षीया गुनमती धामी रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिएाछन् । त्यस्तै भूकम्पमा परी घाईते भएका ११ जना मध्यघाइते दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको सुचना अधिकारी चौधरीले बताएका थिए । भुकम्पमा परेर घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ निवासी सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका–७ की १८ वर्षीय सुनिता रोकाया, जयपृथ्वी नगरपालिका–७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा–३ की १५ वर्षीय आँसु रोकाया, मष्टा–१ की १३ वर्षीय सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीय शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका–६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका–३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी नगरपालिका–१० की २० वर्षीय रमा परियार रहेका छन् । प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ । प्रवक्ता चौधरीका अनुसार थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो २ः४० बजे बझाङ केन्द्रविन्दु भएर ६।३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds