अब गढवाका जनताले लालपुर्जाका छिटै पाउँदै

Byदोर्ण के.सी.

११ आश्विन २०८०, बिहीबार १३:५६ ११ आश्विन २०८०, बिहीबार १३:५६ ११ आश्विन २०८०, बिहीबार १३:५६

दाङ, ११ असोज ।
दाङको गढवाका स्थानीयबासीहरूले अब छिटै लालपुर्जा पाउने भएकाछन्् । लालपुर्जा वितरणका लागि दाङको गढवामा नापजाँच कार्य सुरु भएपछि सो क्षेत्रका स्थानीयबासीहरू लालपुर्जा पाउने आसामा रहेका हुन् । गढवा गाउँपालिका वडा नम्बर ३ को खैरा गाँउबाट बिहिबारदेखि भुमिहिन सुकुम्बासी ,भुमिहिन दलित तथा अब्यवस्थित बसोबासीहरूले जोतभोग गरिरहेको जग्गालाई नापजाँच गर्ने कार्य सुभारम्भ भएको हो । गाउँपालिकाले वडा नम्बर १ र २ को नापजाँच कार्य सम्पन्न गरेर विहिबार वडा नम्बर ३ मा नाप नक्सा कार्य सुरु गरेको गढवा गाउँपालिका भूमि शाखाका सञ्जित पौडेलले जानकारी दिएकाछन् । नाप नक्सा कार्य सुरु भएपछि वर्षौ देखी लालपुर्जा बिहिन नागरिकहरुलाई लालपुर्जा प्राप्त हुने आशा पलाएको भुमिहिनहरु बताउंछन् । यसभन्दा पहिले गढवा गाउँपालिकाले वडा नम्बर १ र वडा नम्बर २ मा नाप नक्सा कार्य पुरा गरिसकेको गढवा गाउँपालिका अमिन नारायण सुबेदीले जानकारी दिएका थिए । हाल सम्म वडा नम्बर १ मा १ हजार ५ सय ७ घरधुरीको नापजाँच गरिएको छ छ भने जसमा अव्यवस्थित १ हजार १ सय ५, भुमिहिन दलित ९५, भुमिहिन सुकुम्बासी ३ सय ७ गरी जम्मा २ हजार पाँच सय ५९ कित्ता नापजाँच गरिएको छ। जस्को क्षेत्रफल ९हेक्टरमा० २ सय ७९ अर्थात् ४ सय १२ बिघा रहेको गढवा गाउँपालिका अमिन नारायण सुबेदीले जानकारी दिएका थिए । त्यसैगरी वडा नम्बर २ मा पनि १ हजार ८ घरधुरीको १ सय ६५ हेक्टर अर्थात् २सय ४४ बिघा जमिनको २हजार ७ सय ९६ कित्ताको नापजाँच गरिएको छ। जस अनुसार अव्यवस्थित ९ सय ३८, भुमिहिन दलित १९, भुमिहिन सुकुम्बासी ५१ गरी जम्मा २ हजार ७ सय ९६ कित्ताको नापजाँच गरिएको गढवा गाउँपालिका भुमी शाखाका सञ्जित पौडेलले बताएकाछन्। यो आर्थिक वर्षमा नापजाँच सकाएर अर्को ेआर्थिक बर्षमा लालपुर्जा वितरण गर्ने तयारीमा जुटेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिएकाछन् । बुधबार वडा नम्बर ३ मा सुरु भएको नापजाँच कार्य शुभारम्भ कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, ३ नम्बर वडाका वडा अध्यक्ष तुल्सीराम अधिकारी, वडा सदस्यहरु, भुमी शाखा प्रमुख सञ्जित पौडेल, अमिन नारायण सुवेदी, स्थानीयहरु लगायतकाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds