
टिका के.सी.
तुलसीपुर, १० असोज ।
अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ३ करोड लगानीमा पानी प्रसोधन केन्द्र (टिटमेन्ट प्लान्ट) निर्माण कार्य शुरू गर्न लागेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बाँकेको ३ करोड ४१ लाख ८७ हजार ५ सय ८१ रुपैयाँ 92 लागतमा प्रसोधन केन्द्र निर्माण गरिन लागिएको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कोषाध्यक्ष केशव वलीले जानकारी दिएका थिए। प्रसोधन केन्द्र तुलसीपुर उपमहानगरपालिका –९ मा रहेको कार्यालय परिसर नजिकै निर्माण गरिन लागिएको छ ।

२०८१ साउन ६ गतेभित्र निर्माण कार्य पुरा गर्नेगरी जलजला मल्टी विजनेश जेभी रोल्पाले २०८० साउन ७ गते सम्झौता गरेको संस्थाका सचिव दशरथ वलीले जानकारी दिएका थिए। यसैबीच प्रसोधन केन्द्रको तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले मंगलबार एक कार्यक्रमका बिच शिलान्यास गरेका थिए । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष चन्द्रकान्त खरेलको अध्यक्षतामा शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो ।
प्रसोधन केन्द्र निर्माण भएमा मुहानबाट आएको पानीलाई प्रसोधन गरेर (छानेर) सोझै उपभोक्ताको धारमा पठाइने संस्थाका कोषाध्यक्ष केशव वलीले बताएका थिए । मुहानदेखि मुखसम्म स्वच्छ पानी पु¥याउने उद्देश्यले पानी प्रसोधन केन्द्र निर्माण गरिन लागिएको सचिव वलीले बताएका थिए ।

